• फेसबुकबाट इलामको प्रचार गरिँदै

    इलाम : पछिल्लो समय सामाजिक सञ्जाल सूचना सम्प्रेषणको सजिलो माध्यम बन्दै गएको छ । सुख,  दुःख साट्ने नयाँ नयाँ कुराहरु थाहा पाउने होडमा बालबालिका युवायुवती देखि ढल्किँदो उमेरका मानिस समेत घण्टौँ सम्म सामाजिक सञ्जालमा समय व्यथित गर्ने गरेका छन् । सामाजिक सञ्जाल नयाँ कुरा सिक्ने र समय विताउने सजिलो माध्यम बनेको छ । हरेक व...

  • अन्त्योष्टी हेर्न रुखमा चढे मलामी ! (फोटो फिचर)

    इलाम : इलामको फाकफोकथुम गाउँपालिका-१, खाम्बाङ्गका सन्तबहादुर राईको जातीय संस्कार अनुसार अन्त्येष्टि गरिँदा भीडभाडमा मलामीले रुख चढेर समेत हेरे । घुर्बिसे पञ्चमी बजार स्थित रारहाँङ मोबाइल सेन्टरका संचालक राईको २९ वर्षको अल्पायुमा पौष ७ गते दु:खद निधन भएको थियो । उनका एक छोरा र श्रीमती छन् । पहाडी क्षेत्रका मानिसको म...

  • माङसेबुङ मासिक चौथो वर्षमा, वार्षिक उत्सवमा विभिन्न कार्यक्रम (फोटो फिचर)

    इलाम : इलामबाट प्रकाशन हुँदै आएको एकमात्र रंगिन म्याजगिन 'माङसेबुङ मासिक' चौथो वर्षमा प्रवेश गरेको छ । जिल्लाको माङसेबुङ गाउँपालिका ५ माङसेबुङबाट प्रकाशन हुँदै आएको माङसेबुङ शुक्रबारदेखि तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको हो । वार्षिक उत्सवको अवसरमा शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ । झापाको दमक...

  • ‘राजनीतिक क्रान्ति अझै अधुरो’ : वरिष्ठ नेता राई

    इलाम : समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेपाली समाजमा राजनीतिक क्रान्ति अझै बाँकी रहेको बताएका छन् । अन्य दलहरुले राजनीति क्रान्ति समाप्त भएको भन्दै आर्थिक क्रान्तिको कुरा गरिरहेका बेला वरिष्ठ नेता राईले राजनीतिक क्रान्ति नै बाँकी रहेको दोहोर्याए । बिहीबार समाजवादी पार्टी इलाम नगर समायोजन घोषण सभालाई सम्बोधन...

  • सन्दकपुरमा बाक्लो हिमपात, जनजीवन प्रभावित(फोटो फिचर सहित)

    इलाम : लगातार बढेको चिसोकाे कारण इलामको हिमाली भेगमा बाक्लो हिमपात भएको छ । चिसो बडे संगै  इलामको अग्लो भुुुभाग (३६३६)मिटरको उचाईमा रहेको  सन्दकपुर गाउँपालिकाकाे पर्यटकीय स्थलहरु जाैबारी,कालपाेखरी,सन्दकपुरमा बाक्लो हिउँ परेको हो । हिउँ परेसंगै त्यस स्थानहरुको जनजीवन प्रभावित बनेको छ । आफ्नो दैनिकी कामकाजमा असर प...

  • भ्रमण वर्षको प्रचार गर्दै झापाको दमकदेखि इलामको माङमालुङसम्मको पदयात्रा सकियो

    इलाम : भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्दै होटल व्यवसायी संघ माइपश्चिम दमकको आयोजनामा भएको झापाको दमकदेखि इलामको माङमालुङसम्मको पदयात्रा विहीबार सकिएको छ । बुधबार विहान ६ बजे झापाको दमकबाट सुरु भएको पदयात्रा इलामको माङमालुङसम्म पुगेर समापन भएको हो । दमकबाट सुरु भएको पदयात्राको टोलि २७ किलोमिटर टाढा माङमालुङसम्म पु...

  • माङसेबुङको मनीपुरमा सामुदायिक स्वास्थ्य इकाई विस्तार

    माङसेबुङ : आफ्ना नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गराउन माङसेबुङ गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाइ विस्तार गरेको छ । वडा नम्बर ३ को मनीपुरमा सामुदायिक स्वास्थ्य इकाइको शाखा विस्तार गरेको हो । जनघनत्वका आधारमा मनीपुरमा स्वास्थ्य इकाइको शाखा विस्तार गरिएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्ग...

  • पूर्वमा ‘चासोक तङ्नाम’ को रौनक

    ताप्लेजुङ : लिम्बू समुदायको मौलिक चाड 'चासोक तङ्नाम' (उधौली पर्व) सुरु भएको छ। नयाँबाली पाकेपछि पहिले प्रकृतिलाई चढाउने (न्वागी खाने) अनि मात्रै मानिसले प्रयोग गर्ने लिम्बु जातिको परम्परा छ। जसलाई चासोक तङ्नाम भनिन्छ। चासोकसँगै लिम्बू जातिमा खुसियाली छाएको छ। बुधबार ताप्लेजुङमा चासोकको अवसरमा राखिएको कार्यक्रमको...

  • इलामको साढे १ प्रतिशत भूभागमा किवी खेती

    इलाम : एक दशकअघिसम्म एक–दुई बोटमात्र रोपिने किवी फल अहिले इलामको कुल भू–भागको साढे १ प्रतिशतभन्दा बढी जमिनमा खेती हुन थालेको छ । किवीबाट मात्रै इलामले करिब २ करोड ५० लाख रुपैयाँभन्दा बढी आम्दानी लिने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (किवी जोन) का महासचिव गङ्गाबहादुर विष्टका अनुसार इलाममा एक सिजनमा ...

  • होम स्टेमा महिनौँ बिताउछन् विदेशी पर्यटक

    इलाम : पछिल्लो समय इलाममा ग्रामीण पर्यटनको अवधारणा अनुरूप होम स्टे पर्यटनप्रति आकर्षण बढेको छ । गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन मौलिक गाउँबस्तीमा पुग्नैपर्छ । गाउँको मौलिक परम्परा, रहनसहन र जीवनशैली बुझ्दै ग्रामीण पर्यटकीय स्थलहरूको भ्रमण गर्न विदेशी मात्र होइन, नेपालीहरूकाे पनि आकर्षण बढेको...