माङसेबुङ मासिक चौथो वर्षमा, वार्षिक उत्सवमा विभिन्न कार्यक्रम (फोटो फिचर)

  नयाँ बुलन्द  127 पटक हेरिएको

इलाम : इलामबाट प्रकाशन हुँदै आएको एकमात्र रंगिन म्याजगिन ‘माङसेबुङ मासिक’ चौथो वर्षमा प्रवेश गरेको छ ।

जिल्लाको माङसेबुङ गाउँपालिका ५ माङसेबुङबाट प्रकाशन हुँदै आएको माङसेबुङ शुक्रबारदेखि तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको हो ।

वार्षिक उत्सवको अवसरमा शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ । झापाको दमकमा आयोजित वार्षिक उत्सव कार्यक्रममा शुभकामना आदानप्रदान, भाग्यशाली उपहार सार्वजनिक, सम्मान र चियापान कार्यक्रम गरिएको छ ।

भाग्यशाली उपहारमा १ तोला सुन वितरण

वार्षिक उत्सवमा को बन्छ माङसेबुङ भाग्यशाली उपहार (भाग्य चिठ्ठा लक्की ड्र) सार्वजनिक गरिएको छ ।

भाग्य चिठ्ठा सार्वजनिक गर्न माङसेबुङ पत्रिकाका स्तम्भकार तथा सञ्चारकर्मी कमन देवानको संयोजकत्वमा माङसेबुङ भाग्यशाली चिठ्ठा वितरण संयोजन समिति गठन गरिएको थियो । समितिमा सञ्चारकर्मी मनकुमार गदाल र सामाजिक अभियन्ता सावित्रा गुरुङ सदस्य थिए ।

भाग्य चिठ्ठा कार्यक्रममा रसिद नम्बर ५३२ माङसेबुङ भाग्यशाली बनि १ तोला सुनको टिल प्राप्त गरेका छन् । त्यस्तै १५ जनाले १ तोलाका दरले १५ तोला चाँदीको टिल प्राप्त गरेका छन् ।

चाँदीको टिल प्राप्त गर्ने ग्राहक रसिद नम्बरहरु क्रमशः ११५९, १९४, ३९०, १२८६, १४१७, १२८४, ९१०, ५०७, ५३८, ३९६, ११५५, १८०४, १३७२, १४६२ र १७०१ रहेका छन् ।

माङसेबुङ मासिकको वार्षिक ग्राहकहरु सो उपहार (लक्की ड्र) मा सहभागी भएका हुन् । माङसेबुङ मासिकलरे ३ वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको अवसरमा प्रकाशन समूहले को बन्छ माङसेबुङ भाग्यशाली उपहार कार्यक्रम संचालन गरेको थियो ।

प्रधिनिधि र स्तम्भकारलाई सम्मान

वार्षिक उत्सवका अवसरमा प्रकाशन प्रारम्भदेखि नै पत्रिकाको स्तरोन्नति तथा विस्तारमा सहयोग गर्ने विशेष प्रतिनिधि, प्रतिनिधिहरु र स्तम्भकारहरुलाई धन्यवाद पत्रद्वारा सम्मान गरिएको छ ।

त्यसैगरी पत्रिकाको स्तरोन्नति तथा विस्तारमा सहयोग गर्ने सौजन्यदाता र नाम्लिङगेक, लारिङगेकमा सहयोग गर्ने सहयोगीहरुलाई समेत धन्यवाद पत्रद्वारा सम्मान गरिएको छ ।

आस्था, अस्तित्व र समानताका आवाजलाई छापा माध्यममार्फत बुलन्द गर्न प्रकाशन प्रारम्भ गरिएको माङसेबुङ पत्रिकाको नमुना अंकलाई वि.स. २०७३ मंसिर १२ गते इलामको माङसेबुङमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको हस्तवाहुलीबाट बिमोचन गरिएको थियो । माङसेबुङ मासिक २०७३ साल पुस ४ गते जिल्ला प्रशासन कार्यालय इलाममा दर्ता नम्बर ३७ मा दर्ता गरी निरन्तर प्रकाशन हुँदै आएको छ ।

गत वर्षदेखि माङसेबुङ मासिकको अनलाइन संस्करण माङसेबुङ न्युज डटकम (www.mangsebungnews.com) समेत सूतचना तथा प्रशारण विभागमा दर्ता भई संचालनमा छ । यसका साथै युट्युब च्यानल Mangsebung News TV  पनि सञ्चालनमा छ ।

माङसेबुङ मासिकका प्रकाशका तथा प्रबन्धक धनबहादुर थेवे (निवाहाङ) को अध्यक्षता र माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्तम्भकार कमन देवान, पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल, सहयोगदाता हृदय थेगिम, प्रतिनिधि लाखमान खजुमलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वक्ताहरुले माङसेबुङ मासिकले समानता, धर्म निरपेक्षता, लोकतन्त्र, प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई आत्मासात गर्दै, विभेद र अन्यायको विरुद्धमा निरन्तर खबरदारी गर्दै अगाडि बढिरहेको बताउँदै त्यसलाई निरन्तरता दिन सुझाव समेत दिएका थिए ।

प्रमुख व्यवस्थापक विनयकुमार फागो (विक्रम वनेम) ले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सुनिल सेर्माले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार