लगातार चितुवाको आवतजावतले गोलाखर्कमा आतंक

  नयाँ बुलन्द
581 Shares

इलाम : इलाम नगरपालिका वडा नं. ९ गोलाखर्क (खाल्डे) क्षेत्रमा पछिल्ला दिनहरूमा चितुवाको लगातार आवतजावत बढेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। स्थानीय निरोज तामाङका अनुसार चितुवा दैनिकजसो रातको समयमा बस्ती नजिक आउने गरेको छ।

उनले बताएअनुसार चितुवा प्रायः रातको १ देखि २ बजेको समयमा आउने गरेको छ। “लगातार दैनिक रूपमा चितुवा आइरहेको छ, बाख्रा र कुखुरा समेत मारिसकेको छ, अब मानिसमा पनि डर बढेको छ,” तामाङले भने।

केही दिनअघि भएको आक्रमणमा स्थानीय गोपाल तामाङको फार्ममा रहेका बाख्रा र कुखुरा मारिएका थिए। चितुवाले जनावरलाई घाटीमा आक्रमण गरी रगत चुसेर मारेको अवस्थामा फेला परेको स्थानीयको भनाइ छ।

चितुवाको निरन्तर उपस्थितिले गोलाखर्क क्षेत्रका बासिन्दामा आतंक फैलिएको छ। राति बाहिर निस्कन डर लाग्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन्। बस्ती नजिकै जंगली जनावरको जोखिम बढ्दै गएको भन्दै स्थानीयले सम्बन्धित निकायसँग आवश्यक सुरक्षा तथा नियन्त्रणका उपाय अपनाउन माग गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार