• सोमबार र शुक्रबार सार्वजनिक बिदा

    काठमाडौं : राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणमा सरकारले सार्वजनिक विदा दिने घोषणा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भारत भ्रमणमा जाने र आउने दुबै दिन विदा दिने निर्णय गरेको हो । राष्ट्रपतिको भ्रमण टोलीमा ३४ जना सहभागी हुने छन् । ३४ जना काठमाडौंबाट जाने र १५ जना दिल्लीमा रहेको नेपाली राजदूतावासबाट भ्रमण टो...

  • लिम्बू समाचार वाचन तालिम सम्पन्न

    जीवन लिम्बू इलाम : इलाममा आयोजित दुई दिने लिम्बू समाचार वाचन तथा सम्पादन तालिम आइतबार सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ्ग इलामको आयोजनामा सम्पन्न तालिममा लिम्बू भाषा जान्ने २० जना युवाहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण वीवीसी नेपाली सेवाकी सम्वाददाता सीता मादेम्वाले गरेकी थिईन् । इलाममा लिम्बू भाषाको स...

  • इलाममा दलित महिला उम्मेद्वार पाउन मुस्किल

    सुजता सुनुवार इलाम : आसन्न स्थानीय तहको निर्वाचनमा प्रत्येक वडामा एक दलित महिलालाई अनिवार्य रूपमा उम्मेद्वार बनाउनुपर्ने प्रावधान छ । तर यहाँका राजनीतिक दलहरुलाई भने दलित महिला उम्मेदवार भेट्टाउन हम्मेहम्मे परेको छ । १० वटा स्थानीय तह रहेको इलाममा ८१ वडा छन् । जिल्लामा १७ वटा दल दर्ता भएको निर्वाचन कार्यालयको तथ्यांक ...

  • मञ्चको पात्रो विमोचन

    नयाँ बुलन्द इलाम : लिम्बू विद्यार्थी मञ्च इलामले प्रकाशन गरेको वार्षिक भित्ते पात्रो २०७४ विमोचन भएको छ । आइतबार आयोजित कार्यक्रममा लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय महासचिव सुवास खुदाङले विमोचन गरेका हुन् । लिम्बू विद्यार्थी मञ्च तेस्रो जिल्ला अधिवेशन आयोजकका संयोजक शिवकुमार थेगिमको अध्यक्षता भएको  कार्यक्रममा किरात...

  • ‘याक्थुङ युवा मञ्च’ संगठन विस्तार गरिदैं

    नयाँ बुलन्द इटहरी : लिम्बू युवाहरुको सामाजिक संस्था ‘याक्थुङ युवा मञ्च’ को जिल्ला विस्तार अभियान तिब्रता दिने भएको छ । सुनसरीको इटहरीमा भएको लिम्बू युवाहरुको भेलाले सो निर्णय गरेको हो । लिम्बू समुदायको युवाहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्दै अगाडि बढ्ने उद्देश्यले २०७१ सालमा स्थापित ‘याक्थुङ युवा मञ्च’ केही महिना अ...

  • संयुक्त आन्दोलन गर्ने !

    काठमाडौं : संघीय गठवन्धन र डा. बाबुराम भट्टराई नेतृत्वको ६८ दलीय गठबन्धन संयुक्त आन्दोलन गर्न सैद्धान्तिक रुपमा सहमत भएका छन् । मधेसी मोर्चासहितको संघीय गठवन्धनले संविधान संशोधनको माग गर्दै आन्दोलन घोषणाको तयारी गरेको छ । उसले सम्भवतः भोलि बैशाख ३१ को स्थानीय चुनावलाई लक्षित गरेर आन्दोलन घोषणा गर्नेछ । आगामी स्थानीय ...

  • लिम्बू समाचार वाचन तथा सम्पादन तालिम

    जीवन लिम्बू     इलाम : लिम्बू समाचार वाचन तथा सम्पादन सम्बन्धी दुई दिने तालिम इलाममा सुरु भएको छ । इलाम नगरपालिकाको सहयोगमा किरात याक्थुङ चुम्लुङ इलामले तालिमको आयोजना गरेको हो । तालिमको उद्घाटन प्रमुख अतिथी इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले गरेका थिए । उद्घाटन गर्दै खाम्याहाङले भाषा र संस्कृतिलाई...

  • चटयाङ लागेर एक युवाको मृत्यु

    नयाँ बुलन्द इलाम :  हावाहुरी र वर्षासँगै परेको चटयाङ्गले लागेर शनिबार इलाममा एक युवाको ज्यान गएको छ । तीनजना सामान्य घाईते भएका छन् । देउमाई नगरपालिका वडा नम्बर २ (साविक चमैता गाविस वडा नम्बर ८) बागसिलाका २२ वर्षीय सञ्जिव राईको ज्यान गएको हो । दिउँसो १२ बजेतिर घरको सिकुवामा बसिरहेको अवस्थामा राईलाई एक्कासि चटयाङ्गले ल...

  • नयाँ वर्षमा इलाममा मेला

    सुजता सुनुवार इलाम : नयाँ वर्षको अवसरमा इलाममा तीनदिने उद्यमी मेला सुरु भएको छ । महिलाहरुको व्यबसायिक क्षेत्रमा पहुँच विस्तार गर्दै रोजगारीको सृजना गरी गरीबी न्यूनिकरणमा सघाउ पुर्‍याउने उद्येश्यले बिहिबारबाट इलाम सदरमुकामको टुडिखेलमा मेला सुरु भएको हो । इलाम उद्योग बाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यमी विकास इकाईले ...

  • नयाँ वर्षको शुभकामना

    आज विक्रम् संवत २०७४ सालको पहिलो दिन । २०७३ लाई विदाइ गर्दै आज शुक्रबारदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ वर्षको भव्य स्वागत गरिंदैछ । विक्रम संवतलाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाइन्छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित नेप...