काठमाडौं : राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणमा सरकारले सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले भारत भ्रमणमा जाने र आउने दुबै दिन विदा दिने निर्णय गरेको हो । राष्ट्रपतिको भ्रमण टोलीमा ३४ जना सहभागी हुने छन् । ३४ जना काठमाडौंबाट जाने र १५ जना दिल्लीमा रहेको नेपाली राजदूतावासबाट भ्रमण टोलीमा थपिने छन् । भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव लगायत का नेताहरु छन् ।
सरकारले यसअघि भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदासमेत सार्वजनिक बिदा दिएको थियो ।