जीवन लिम्बू
इलाम : इलाममा आयोजित दुई दिने लिम्बू समाचार वाचन तथा सम्पादन तालिम आइतबार सम्पन्न भएको छ ।
किरात याक्थुङ चुम्लुङ्ग इलामको आयोजनामा सम्पन्न तालिममा लिम्बू भाषा जान्ने २० जना युवाहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण वीवीसी नेपाली सेवाकी सम्वाददाता सीता मादेम्वाले गरेकी थिईन् ।
इलाममा लिम्बू भाषाको समाचार वाचकको अभाव भएको कारण तालिमको आयोजना गरिएको किरात याक्थुङ्ग चुम्लुङ्ग इलामका जिल्ला अध्यक्ष चक्र एक्तेन (अभिषेक) बताए ।
चुम्लुङ्गका अध्यक्ष एक्तेनको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा नेपाल आदिवासी जनजातिम हासंघ इलामका सचिव इश्वर लुङगेली, सहजकर्ता मादेम्बा र सम्पूर्ण सहभागीहरुले आ–आफ्नो भनाइ राखेका थिए । सहभागीहरुले तालिमबाट सिकेका कुरालाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाएका थिए ।