चटयाङ लागेर एक युवाको मृत्यु

नयाँ बुलन्द

इलाम :  हावाहुरी र वर्षासँगै परेको चटयाङ्गले लागेर शनिबार इलाममा एक युवाको ज्यान गएको छ । तीनजना सामान्य घाईते भएका छन् ।

देउमाई नगरपालिका वडा नम्बर २ (साविक चमैता गाविस वडा नम्बर ८) बागसिलाका २२ वर्षीय सञ्जिव राईको ज्यान गएको हो ।

दिउँसो १२ बजेतिर घरको सिकुवामा बसिरहेको अवस्थामा राईलाई एक्कासि चटयाङ्गले लागेको थियो । चटयाङ्ग लागेर गम्भिर घाईते भएका राईलाई उपचारका लागि इलाम अस्पतालतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मृतकको शबलाई पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइसकेको प्रहरीले बताएको छ । मृतक राईको श्रीमती, एकछोरी र एक छोरा छन् । य

स्तै चटयाङबाट मृतकका दाजु आशबहादुर राई, छिमेकिहरु खबिन राई र अशोक राई सामान्य घाइते  भएका छन् । उनीहरु इलाम अस्पतालमा उपचारपछि घर फर्किएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार