लिम्बू समाचार वाचन तथा सम्पादन तालिम

जीवन लिम्बू    

इलाम : लिम्बू समाचार वाचन तथा सम्पादन सम्बन्धी दुई दिने तालिम इलाममा सुरु भएको छ ।

इलाम नगरपालिकाको सहयोगमा किरात याक्थुङ चुम्लुङ इलामले तालिमको आयोजना गरेको हो । तालिमको उद्घाटन प्रमुख अतिथी इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले गरेका थिए ।

उद्घाटन गर्दै खाम्याहाङले भाषा र संस्कृतिलाई संरक्षण गरेमा देशकै साझा सम्पत्ति हुने धारणा राखे । उनले बाहुन क्षेत्रीको विरोध गरेर मात्र संस्कार संस्कृति आकर्षक नहुने भन्दै एकले अर्कालाई सम्मान गर्न आग्रह गरे । खाम्याहाङले भाषा र संस्कृतिलाई बचाई राख्नका लागि राजनितिबाट अलग हुनुपर्ने विचार व्यक्त गरेका थिए ।

लिम्बू भाषाको समाचार वाचक उत्पादन गर्ने उद्देश्यले आयोजित तालिममा लिम्बू भाषा जान्ने २० प्रशिक्षार्थीको सहभागिता रहेको छ । तालिमको सहजीकरण विविसी नेपाली सेवाकी सीता मादेम्बाले गिररहेकी छिन् ।

चुम्लुङका अध्यक्ष अभिषेक येक्तेन (चक्र) को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा चुमेलुङका केन्द्रीय सदस्य यामप्रसाद लिम्बू जिल्ला सल्लाहकार बखतबहादुर आङदेम्बे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार