नयाँ बुलन्द सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर २ माइमझुवामा सञ्चालन हुन लागेको गिताङ सिचाईं कुलो आयोजनाको काम अगाडि बढ्ने भएको छ । आयोजना सञ्चालन गर्ने सहमति भएसँगै काम अगाडि बढ्ने भएको हो । केन्द्रिय योजना अन्तरगत सात करोड रुपैयाँको योजना विनियोजन भएपनि कार्यान्वयन प्रक्रियामा विविध कारणले रोकिएको थियो । ...
समाचार
-
-
निरन्तरको वर्षाले नागरिकलाई सास्ती
राम योङहाङ इलाम : निरन्तरको वर्षापछि इलामका दर्जनौं ग्रामीण सडकहरुमा क्षति पुगेको छ । बाढी र पहिरोका कारण जिल्लाका अधिकाशं ग्रामीण सडकहरु भताभुङ्ग भएका छन् । ग्रामीण सडकहरु भत्किएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठिन बन्दै गएको छ । सडकहरु भताभुङ्गा हुँदा जिल्लाका स्थानीय तहहरु सदरमुकामबाट सम्पर्क विच्छेद भएका छन् । वर...
-
अलैँची, अदुवा, दूध र चियाको समाचारलाई प्राथमिकता
नयाँ बुलन्द इलाम : पूर्वी नेपालका विभिन्न ७ जिल्लाका पत्रकारहरुले आफूले लेख्ने माचारमा कृषि सम्बन्धीका गतिविधिहरुलाई प्राथमिकता दिने भएका छन् । ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, सङखुवासभा, भोजपुर र तेह्रथुम जिल्लाका स्थानीय तथा राष्ट्रिय सञ्चार गृहमा कार्यरत पत्रकारहरुले धनकुटाको हिलेमा आयोजित दुई दिने कार्यक्रममा ...
-
खर्च विवरण बुझाउँदैनन् उम्मेद्वार
राम योङहाङ इलाम : असार १४ गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भएको १ महिना नाघिसकेको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ मा निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचनमा भएको खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ । तर अहिलेसम्म इलामका धेरै दलका उम्मेद्वारहरुले निर्वाचनमा गरेको खर...
-
अघिल्लो वर्षभन्दा कमले लिए नागरिकता
नयाँ बुलन्द इलाम : एक वर्षका अवधिमा इलाममा नौ हजार नौ सय आठ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । आर्थिक वर्ष ०७३÷७४ को १ साउनदेखि ३१ असारसम्ममा जिल्ला प्रशासन कार्यालय इलाम, सीमा प्रशासन कार्यालय पशुपतिनगर र इलाका प्रशासन कार्यालय मंगलबारेबाट सो परिमाणमा सर्वसाधारणले नागरीकता लिएका हुन् । यस अवधिमा छ हजार ...
-
डोटीमा जीप दुर्घटना : नौ जनाको मृत्यु
डाेटी : डोटीमा गएराति भएको जीप दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । डोटीको दिपायलबाट बोगटान गाउँपालिका, चबराचौताराको लागि छुटेको जीप राति साढे १० बजे बोगटान गाउँपालिका ६ गगुडामा दुर्घटना भएको प्रहरीले जनाएको छ । से १ ज ४९१ नम्बरको जीप सडकबाट करिब साढे तीन सय मिटर तल खसेको थियो । घाइ...
-
सधैं किसान नै मारमा…..
नयाँ बुलन्द इलाम : आधुनिक औजार, समय सुहाउँदो विउविजन र प्राविधिकको समस्या भएका कारण जिल्लाका किसानले उत्पादन गरेका वस्तुले उचित मुल्य नपाउने गरेको इलाममा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । जिल्ला सहकारी संघ इलामले सरोकारवालाहरुसँगको परियोजना परिचयात्मक कार्यक्रमका सहभागिले कृषि क्षेत्रमा करोडौँ रकम विनियोजन...
-
एकै परिवारका चारसहित पाँचको मृत्यु
बाग्लुङ : लगातारको वर्षापछि आएको पहिरोका कारण बाग्लुङमा एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ । निशीखोला–२ बाहुन गाउँमा गएको पहिरोमा पुरिएर एउटै परिवारको चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६८ वर्षका मनिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षकी नन्दकली, बुहारी २२ वर्षकी बिन्दु र १८ वर्षीया छोरी गीता छन्त्याल...
-
पसलभित्रै पसेर गोली प्रहार
रुपन्देही : रुपन्देहीको मणिग्राममा सिरिसा मार्वलका सञ्चालकलाई लक्षित गरी गोली प्रहार भएको छ । तिलोत्तमा नगरपालिकाको मणिग्राममा अज्ञात समूहले सिरिसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीलार्इ लक्षित गरी गोली प्रहार भएको थियो । भण्डारीलाई लक्षित गरी मोटरसाइकलमा आएका दुई जनाले हेलमेट लगाएरै पसलमा पसेर २ राउण्ड गोली चलाएको बत...
-
सुत्केरी बिदा छ महिनासम्म पुर्याउने
काठमाडौँ : स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पुर्याउन तीव्र पहल शुरु गरेको छ । जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पुर्याउने पहल गरेको हो । हाल निजामती ऐनमा महिलालाई सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बि...






























