नयाँ बुलन्द
सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर २ माइमझुवामा सञ्चालन हुन लागेको गिताङ सिचाईं कुलो आयोजनाको काम अगाडि बढ्ने भएको छ । आयोजना सञ्चालन गर्ने सहमति भएसँगै काम अगाडि बढ्ने भएको हो ।
केन्द्रिय योजना अन्तरगत सात करोड रुपैयाँको योजना विनियोजन भएपनि कार्यान्वयन प्रक्रियामा विविध कारणले रोकिएको थियो । अब भने योजना सन्चालन हुने भएको छ । सो कुलोले साविकको माइमझुवा वडा नम्बर १, २, ३ र ४ का करिब ५०० घरधुरी लाभान्वित हुने क्कछन् ।
४६ घरधुरीले उपभोग गर्दै आइरहेको सिचाईं सुविधाबाट वन्चित जग्गा धनिहरुलाई समेत समेटेर क्षतिपुर्ती स्वरुप श्रमको मुल्यांकन गरेर पाँच लाख रुपैयाँ अक्षयकोष खडा गर्न प्रदान गर्ने भएको छ ।
वडाध्यक्ष गिरिराज खनालको अध्यक्षतामा भएको उपभोक्ताहरुको भेलाले आयोजना सञ्चालनका लागि उपभोक्ता समिति समेत चयन गरेको छ । समितिका अध्यक्षमा उजर राई, उपाध्यक्षमा पुर्ण राई, सचीव तेजबहादुर गुरुङ, सहसचिव ददिराम राई र कोसाध्यक्षमा सामना राई चयन भएका छन् ।