सधै‌ं किसान नै मारमा…..

नयाँ बुलन्द

इलाम : आधुनिक औजार, समय सुहाउँदो विउविजन र प्राविधिकको समस्या भएका कारण जिल्लाका किसानले उत्पादन गरेका वस्तुले उचित मुल्य नपाउने गरेको इलाममा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

जिल्ला सहकारी संघ इलामले सरोकारवालाहरुसँगको परियोजना परिचयात्मक कार्यक्रमका सहभागिले कृषि क्षेत्रमा करोडौँ रकम विनियोजन हुने गरे पनि किसानका समस्या समाधानमा सम्वन्धित निकायले चासो नदिने गरेको उनीहरुले बताएका हुन् । इलाम नागरपालिकाका प्रमुख महेश बस्नेतले कृषि उपज आयात तथा निर्यात हुने छिमेकी देश भारतबाट आयातित नीति स्पस्ट नभएका कारण पनि समस्या हुने गरेको बताए । ‘हामीले छिमेकी परिवर्तन गर्न सक्दैनौ तर बानी ब्यवहार भने परिवर्तन गर्न सक्छौँ’ उनले भने ‘एक देशसँग राम्रो ब्यापार नभए त्यसको विकल्प खोजिनु पर्दछ ।’

त्यस्तै जिल्ला समन्वय समिति इलामका स्थानिय विकास अधिकारी ध्रुवबहादुर खड्काले अन्य स्थानका किसान तथा ब्यवसायीहरुसँग मिलेर अघि वढ्न सके फाइदा पुग्ने धारणा राखेका थिए । जिल्ला सहकारी संघ इलामका अध्यक्ष नरेन्द्र भट्टराईले परियोजना जिल्लाकै किसानको हितका लागि ल्याइएको बताउँदै परियोजना सफल बनाउन जिल्लावासीको सहयोग आवश्यक रहेको बताएका थिए । पत्रकार विजयशेखर भट्टराईले किसानका समस्या समयमा समाधान नभएकै कारण विस्थापित हुनु पर्ने स्थिती आएको भन्दै समस्या समाधानमा सम्वन्धित पक्ष लाग्नु पर्नेका जोड दिए ।

डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नती परियोजना अन्तर्गत आएलओको साझेदारीमा जिल्ला सहकारी संघले एघार महिने परियोजना सञ्चालन गर्न लागेको छ । सोहि कार्यक्रमको ब्यवसायमा जवाफदेयीताको बारेमा सवै सरोकारवाला निकायहरुसँग अन्तरक्रिया तथा छलफल गरिएको संघका अध्यक्ष भट्टराईले जानकारी दिए ।

संघले अदुवाका क्षेत्रमा काम गर्ने भएकाले जिल्लाका अदुवा किसानमा समस्या समाधान हुने सरोकारवाला निकायले आशा राखेको छ । गत असारबाट सुरु भएको परियोजना आगामी जेठ महिनामा सम्पन्न हुने कार्यक्रम संयोजक भेषराज भट्टाई (राजिव) ले वताए । सो परियोजना सञ्चालनका लागि ३२ लाख रकम खर्च हुने ब्यवस्थापक कमल न्यौपानेले वताए । जिल्लाका सवै स्थानिय तहमा परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन हुने ब्यवस्थापक न्यौपानेको भनाई छ । उत्पादन र पेशागत सुरक्षा गरि सात/सात वटा कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार