नयाँ बुलन्द
इलाम : पूर्वी नेपालका विभिन्न ७ जिल्लाका पत्रकारहरुले आफूले लेख्ने माचारमा कृषि सम्बन्धीका गतिविधिहरुलाई प्राथमिकता दिने भएका छन् ।
ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, सङखुवासभा, भोजपुर र तेह्रथुम जिल्लाका स्थानीय तथा राष्ट्रिय सञ्चार गृहमा कार्यरत पत्रकारहरुले धनकुटाको हिलेमा आयोजित दुई दिने कार्यक्रममा यस्तो प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रमका सहभागी पत्रकारहरुले समाचारको माध्यमबाट ७ जिल्लाका अलैँची, अदुवा, दूध र चियाको उत्पादन र बजार प्रवर्द्धन गर्ने भएका छन् । उन्नती नेपालको सहयोग र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को संयोजनमा भएको कार्यक्ममा ७ जिल्लाका आदिवासी जनजाति पत्रकारहरुको सहभागिता रहेको थियो । कृषि प्रवर्द्धनमा सहयोग पुर्याउन पत्रकारले अलैँची, अदुवा, दूध, चिया उत्पादनमा जोड दिने भएका हुन् ।
जिल्लामा रहेका अलैँची, अदुवा, दूध, चियामा हुने समस्या, समाधानका प्रयास, उत्पादमा बृद्धि र उपभोक्तासम्म सहजै पुर्याउन सहयोग गर्ने पत्रकारहरुको भनाई छ ।
इलामको चिया, सङखुवासभा, पाचथर र ताप्लेजुङको अलैँची, धनकुटा र तेह्रथुमको दुग्द्य र भोजपुरको अदुवा खेती गर्ने किसानलाई व्यवसायिक खेतीतर्फ आकर्षित गराउने भएका छन् । अलैँची, अदुवा, दूध र चियाको राम्रो बजार भएकोले पनि किसानको जीवन सुधारमा जोड दिने भएका हुन् ।