एकै परिवारका चारसहित पाँचको मृत्यु

बाग्लुङ : लगातारको वर्षापछि आएको पहिरोका कारण बाग्लुङमा एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ । निशीखोला–२ बाहुन गाउँमा गएको पहिरोमा पुरिएर एउटै परिवारको चारजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६८ वर्षका मनिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षकी नन्दकली, बुहारी २२ वर्षकी बिन्दु र १८ वर्षीया छोरी गीता छन्त्याल छन् । निशीखोला १ हुल्दीमा गएको पहिरोमा परेर बृद्धा वेपत्ता भएकी छन् ।

पहिरोले घर बगाउँदा ७५ वर्षका झोगेन्द्रबहादुर सिंजालीका श्रीमती ७० वर्षकी खगिसरा सिंजाली पुरिएकोबाग्लुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले जानकारी दिए । ढोरपाटन नगरपालिका–५ पाखापानीमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।

घरमाथिबाट आएको पहिरोले पुरिएर करिव ५५ वर्षका ओमप्रकाश कामीको मृत्यु भएको छ भने परिवारका अन्य सदस्यलाई भने छिमेकीले सकुशल उद्धार गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार