
| खिइदैं जाँदै छु अझै खिइएर कतिको मन सिउनु पर्छ ।
म त्यही सियो हुँ अरुको बस्त्र सिएरै जिउनु पर्छ । |
| समयले भिडको पछि लाग्ने बनाएको छ स्वार्थी बनाएको छ ।
भिडको पछि नलागौ त कागको बथानमा बकुल्लो हुनु पर्छ । |
| छेपारोले झैं मौसमी रङ्ग नफेरी कसरी बाच्न सकिन्छ र यहाँ ।
हानिकारक भएपनि कसैको मन राख्न कहिलेकाहीँ मदिरा पिउनु पर्छ । |
| दुख लाग्छ मलाई कस्तो संस्कार बसायो यो समाजले ।
जस्ले जन्माउँछ उसैलाई मृत्युपश्चात घाटमा जलाउनु पर्छ । |


















































