गजल

  हेमराज लिम्बू (हेमन्त दर्पण)  374 पटक हेरिएको

खिइदैं जाँदै छु अझै खिइएर कतिको मन सिउनु पर्छ ।

म त्यही सियो हुँ अरुको बस्त्र सिएरै जिउनु पर्छ ।

 
समयले भिडको पछि लाग्ने बनाएको छ स्वार्थी बनाएको छ ।

भिडको पछि नलागौ त कागको बथानमा बकुल्लो हुनु पर्छ ।

 
छेपारोले झैं मौसमी रङ्ग नफेरी कसरी बाच्न सकिन्छ र यहाँ ।

हानिकारक भएपनि कसैको मन राख्न कहिलेकाहीँ मदिरा पिउनु पर्छ ।

 
दुख लाग्छ मलाई कस्तो संस्कार बसायो यो समाजले ।

जस्ले जन्माउँछ उसैलाई मृत्युपश्चात घाटमा जलाउनु पर्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार