
अमेरिका : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानले पठाएको प्रस्तावलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘मैले भर्खरै इरानका तथाकथित ‘प्रतिनिधिहरू’बाट आएको प्रतिक्रिया पढेँ। मलाई यो मन परेन, यो पूर्णतया अस्वीकार्य छ।’
पुन: शान्ति वार्ताका लागि अमेरिकाले गरेको प्रस्तावमा इरानले जवाफ पठाएको हो।
इरानको अर्ध-सरकारी समाचार एजेन्सी तस्निमका अनुसार इरानले पाकिस्तानमार्फत अमेरिकालाई वार्ता प्रस्ताव पठाएको हो।
पाकिस्तानले यस विषयमा मध्यस्थकर्ताको काम गरिरहेको छ।
इरानको प्रस्तावमा सबै मोर्चामा तत्काल युद्ध अन्त्य गर्ने, अमेरिकी नौसेनाको नाकाबन्दी हटाउने र इरानमा थप आक्रमण नगर्ने ग्यारेन्टीका कुरा छन्।
यसअघि एक आधिकारिक इरानी स्रोतले टेलिभिजन नेटवर्क अल जजिरालाई इरानले पठाएको प्रस्ताव वास्तविक र सकारात्मक रहेको बताएको थियो।
इरान र अमेरिकाबिच हाल युद्धविराम छ, तर उनीहरू स्थायी युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्न सकिरहेका छैनन्।



















































