साङ्गरुम्बा कप : उद्धघाटन खेलमा आयोजकलाई हराउँदै तालखर्क क्वाटरफाइनल प्रवेश साङ्गरुम्बा

  नयाँ बुलन्द
91 Shares

इलाम : स्वर्गीय केशरानी लिम्बुनी स्मृति चौथो साङ्गरुम्बा कपको उद्धघाटन खेलमा वाइबीसी तालखर्क बिजयी बनेको छ ।

इलाम नगरपालिका–१२ साङरुम्बामा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा तालखर्कले आयोजकलाई सडनडेथमा पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ । निर्धारित ७० मिनेटको खेलमा दुवै टिमले १–१ गोल बराबरी खेलेका थिए । टाइब्रेकरमा समेत ४–४ गोल भएपछि सडनडेथबाट विजेता छिनोफानो गरिएको हो ।

प्रतियोगिताको दोश्रो खेलमा एनवाइसी बारुङ र एलएफसी लामा गाउँ भिड्ने भएका छन् । फुटबल प्रतियोगिताको विजेताले १ लाख १ हजार १११ तथा द्वितीय पुरस्कार रु. ५५ हजार ५५५ सहित ट्रफी र मेडल प्राप्त गर्नेछ ।

गोल्डकप सञ्चालनका लागि स्व. केशरानी लिम्बुनीका छोराहरू धम्बु जबेगु (निर्धन उत्थान वित्तीय संस्था), खेम जबेगु (हाल वैदेशिक रोजगारीमा दक्षिण कोरिया) र याम ब. जबेगु (शान्ति सेना, सुडान) ले संयुक्त रूपमा प्रथम पुरस्कारका लागि एक लाख एक सय एघार) रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

यसै अवसरमा माघ १४ गतेदेखि १७ गतेसम्म रमाइलो मेला समेत आयोजना गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार