रेडपाण्डा म्याराथन : पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलालाई उपाधि

  राम योङहाङ
21 Shares

‘रेडपाण्डा म्याराथन’ पुरुषतर्फको उपाधि विजेता गजेन्द्र राई पुरस्कार ग्रहण गर्दै ।

इलाम : पयटन प्रवर्द्धन गर्ने उद्देश्यले मङ्गलबार इलाममा आयोजित ‘रेडपाण्डा म्याराथन’ अन्तर्गत उपाधि पुरुषतर्फ गजेन्द्र राई र महिलातर्फको उपाधि निर्मला राईले जितेका छन् ।

इलाम सदरमुकामदेखि नेपाल-भारत सीमाक्षेत्र सन्दकपुर डाँडासम्मको ४४.२ किलोमिटर दुरी गजेन्द्र राईले ४ घण्टा १२ मिनेट १० सेकेण्डमा पूरा पूरा गर्दै उपाधि जितेका हुन् । उनले उपाधिसँगै नगद रु १ लाख ५० हजार पुरस्कार प्राप्त गरे । महिलातर्फकी निर्मला राईले ५ घण्टा २० मिनेट ३६ सेकेण्डमा पूरा गरिन् । उपाधिसँगै नगद रु १ लाख ५० हजार पुरस्कार प्राप्त गरिन् ।

पुरुषतर्फ दोस्रो स्थानमा करण रावलले ४ घण्टा १३ मिनेट ५९ सेकेण्डमा तोकिएको दुरी पार गर्दै नगद रु १ पुरस्कार प्राप्त गरे । तेस्रो स्थानमा कर्णबहादुर रोक्काले ४ घण्टा १९ मिनेट ३८ सेकेण्डमा तोकिएको दुरी पार गर्दै नगद रु ५० हजार प्राप्त गर्दा चौथो स्थानमा श्रीकास राईले ४ घण्टा २५ मिनेट ३३ सेकेण्डमा तोकिएको दुरी पार गर्दै नगद रु ३० पुरस्कार प्राप्त गरेको आयोजक दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिनुभयो । विजेत सबै विभागीय टिम त्रिभुवन आर्मी क्लबका हुन् ।

‘रेडपाण्डा म्याराथन’ महिलातर्फको उपाधि विजेता निर्मला राई पुरस्कार ग्रहण गर्दै ।

महिलातर्फ दोस्रो स्थानमा सुनसरी रोकायले ५ घण्टा ४० मिनेट ३९ सेकेण्डमा तोकिएको दुरी पार गर्दै नगद रु १ पुरस्कार प्राप्त गरिन् । तेस्रो स्थानमा कल्पना बुढाले ५ घण्टा ४० मिनेट ५७ सेकेण्डमा तोकिएको दुरी पार गर्दै नगद रु ५० हजार प्राप्त गर्दा चौथो स्थानमा राज्यलक्ष्मी शाक्यले ५ घण्टा ४४ मिनेट २७ सेकेण्डमा तोकिएको दुरी पार गर्दै नगद रु ३० पुरस्कार प्राप्त गरिन् ।

त्यसैगरी स्थानीय विधातर्फको उपाधि राजेन्द्र म्याङ्बो जितेका छन् । उनले ४ घण्टा ४३ मिनेट ४३ सेकेण्डमा तोकिएको दुरी पार गर्दै नगद रु २५ पुरस्कार प्राप्त गरे । दोस्रो स्थानमा विशाल राई ४ घण्टा ४९ मिनेट १८ सेकेण्डमा तोकिएको दुरी पार गर्दै नगद रु २० हजार,  तेस्रो स्थानमा रमेश लिम्बूले ४ घण्टा ५३ मिनेट ५७ सेकेण्डमा तोकिएको दुरी पार गर्दै नगद रु १० हजार प्राप्त गर्दा चौथो स्थानमा टंक आले मगरले ५ घण्टा ३६ मिनेट १ सेकेण्डमा तोकिएको दुरी पार गर्दै नगद रु ५ हजार पुरस्कार प्राप्त गरेको रिमालले जानकारी दिए ।

‘रेडपाण्डा म्याराथन’ स्थानीयतर्फको उपाधि विजेता राजेन्द्र म्याङ्बो पुरस्कार ग्रहण गर्दै ।

म्याराथनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतका समेत गरी पुरुषतर्फ ६२ जना र महिलातर्फ ११ जना धावकहरु सहभागी थिए । धावकहरुले इलाम सदरमुकामस्थित चोक बजार (११२० मिटर उचाइ) बाट सन्दकपुर डाँडा (३६१० मिटर उचाइ) सम्म दोडेका थिए । पुरुष धावकका लागि ४ घण्टा ३० मिनेट र महिला धावकका लागि ६ घण्टा ३० मिनेट समय तोकिएको थियो ।

रेडपाण्डा नेटवर्क, सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाको सहयोगमा दीपज्योति युवा क्लबको आयोजनामा प्रतियोगिता आयोजनमा गरिएको थियो । जिल्लाको पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धन गर्न म्याराथन प्रतियोगिता आयोजना गरिएको दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक रिमालले बताए । ‘कार्यक्रमले यहाँको पर्यटन विकासमा थप टेवा पुर्‍याउने विश्वास लिएका छौं’ उनले भने ।

लोपोन्मुख रेडपाण्डा (हाब्रे) संरक्षण, खेलकुद र पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको ‘रेडपाण्डा म्याराथन’ ले सन्दकपुर गाउँपालिकाको मात्र नभइ समग्र इलामको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए ।

सन्दकपुर गाउँपालिका-२ मा पर्ने सन्दकपुर डाँडा इलामको सबैभन्दा अग्लो उचाइ ३६३६ मिटर उचाइमा पर्छ । सन्दकपुर डाँडाबाट सूर्योदयको दृश्यावलोकनसँगै विभिन्न ४ वटा देश नेपाल, भारत, भुटान र चीनका हिमालहरु देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार