श्रद्धाञ्जली अर्पण गरेकै दिन अस्ताए स्ववियु सभापति विशाल कार्की

  नयाँ बुलन्द
1.5k Shares


इलाम : सहिदहरूप्रति श्रद्धासुमन अर्पण गरेको केही घन्टामै आफैं यो संसारबाट अस्ताउनु स्ववियु सभापति विशाल कार्कीको निधन इलामका लागि अत्यन्तै अकल्पनीय र दुःखद घटना बनेको छ।

इलाम सदरमुकामको महेन्द्र रत्न बहुमुखी क्याम्पसका स्ववियु सभापति रहेका कार्की इलाम नगरपालिका–१ साखेजुङका स्थायी बासिन्दा हुन्। उनी पछिल्लो समय इलाम सदरमुकाममै बसोबास गर्दै अध्ययन र विद्यार्थी राजनीतिमा सक्रिय थिए।

ऊर्जाशील, मिलनसार र विद्यार्थी हक–अधिकारका लागि सदैव अग्रपंक्तिमा उभिने नेताका रूपमा परिचित कार्कीको असामयिक निधनले क्याम्पस परिवार, विद्यार्थी समुदाय तथा सम्पूर्ण इलाम शोकमा डुबेको छ।

सहिदप्रति श्रद्धा प्रकट गर्दै आदर्श र मूल्यको सम्मान गरेका एक जिम्मेवार विद्यार्थी नेता स्वयं अकस्मात् अस्ताउनु नियतिले दिएको गहिरो चोटसरह बनेको छ। उनको निधनले सिर्जना गरेको रिक्तता सजिलै पूर्ति हुन नसक्ने इलामेलीको भनाइ छ।

स्वर्गीय विशाल कार्कीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त, साथीभाइ तथा सम्पूर्ण विद्यार्थी समुदायमा गहिरो समवेदना प्रकट गर्दछौ ।

– नयाँ बुलन्द डटकम परिवार 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार