माङसेबुङमा नेकपाको एकता सन्देश सभा तथा उम्मेद्वार भेटघाट कार्यक्रम सम्पन्न (भिडियोसहित)

इलाम : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) माङसेबुङ गाउँपालिकाको आयोजनामा एकता सन्देश सभा तथा प्रतिनिधिसभा सदस्य उम्मेद्वार भेटघाट कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

नेकपा नेता जनम खम्बुको अध्यक्षतामा चतुेमा भएको सभामा नेकपा नेतृ एवम् राष्ट्रिय सभा सदस्य जयन्ती राई, नेकपा नेतृ प्रदेशसभा सदस्य विद्या चम्लिङ राई, इलाम क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार ओमबहादुर गुरुङ (सौरभ) सहित नेताहरु बन्दना राई हर्क लावती, प्रकाश परियार, विक्रम लिम्बु, नयर राई, राम योङहाङलगायतको उपस्थिति रहेको थियो ।

सभालाई सम्बोधन गर्दै नेतृ राईले राईले अबको नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नै गर्ने दाबी गरेकी छन् । अन्य वक्ताहरुले पनि आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनलाई एकताबद्ध बनाउँदै जनस्तरसम्म पार्टीको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

कार्यक्रमकै अवसरमा आगामी निर्वाचनलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने उद्देश्यले पालिकास्तरीय तथा वडास्तरीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।पालिकास्तरमा रोशन राई संयोजक एवम् टीकाराम खुलाल र द्रोण योङहाङ सहसंयोजक तोकिएका छन् ।

त्यस्तै प्रचारप्रसार समिति  संयोजकमा सन्तोष लावती, युवा विद्यार्थी परिचालन संयोजकमा दिपेश राई, पार्टी परिचालन समिति र निर्वाचन आयोग समन्वय संयोजकमा अनिश सुनुवार चयन भएका छन् ।

त्यस्तै सबै वडामा निर्वाचन परिचालन समिति संयोजक र सहसंयोजक तोकिएका छन् । वडा नं. १ मा हरिका कार्की संयोजक र त्रिपेन राई सहसंयोजक, वडा नं. २ मा गोपाल राई संयोजक र पूर्ण काफ्ले र बेदबहादुर खत्री सहसंयोजक, वडा नं. ३ मा प्रदिप राई (प्रमेश) संयोजक र धनकुमार साम्बा सहसंयोजक रहेको निर्वाचन परिचालन समिति गठन भएको छ ।

त्यसैगरी वडा नं. ४ मा राजकुमार राई संयोजक, वडा नं. ५ मा विकेन्द्र योङहाङ संयोजक र सन्त राई र सुन्दर नेम्बाङ सहसंयोजक एवम् वडा नं. ६ मा मनकुमार राई संयोजक र रञ्जित राई सहसंयोजक रहेको निर्वाचन परिचालन समिति गठन भएको छ ।

भिडियोहरु हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार