मङ्गलबार चुलाचुलीमा नेकपाको एकता सन्देश सभा हुँदै, पूर्वमन्त्री देव गुरुङ प्रमुख अतिथि

  नयाँ बुलन्द
245 Shares

इलाम : प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी चुलाचुली गाउँ कमिटीले चुलाचुलीमा एकता सन्देश सभा एवम् इलाम क्षेत्र नं. २ का उम्मेद्वार परिचयात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।

मङ्गलबार इलामको चुलाचुली गाउँपालिका-२ स्थित बाह्रगोठेमा आयोजना हुने कार्यक्रममा पूर्वमन्त्री देव गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको निर्वाचन परिचालन समितिले जनाएको छ । कार्यक्रममा राष्ट्रिय सभा सदस्य जयन्ती राईको समेत उपस्थिति रहनेछ ।

कार्यक्रममा इलाम-२ प्रतिनिधिसभा निर्वाचन परिचालन समिति संयोजक कान्छा लावती, प्रतिनिधिसभा सदस्यका उम्मेद्वार ओमबहादुर गुरुङ (सौरभ), सहित अन्य नेताहरुको उपस्थिति रहनेछ ।

आयोजकका अनुसार कार्यक्रममा किसान, मजदुर, महिला, युवा तथा विभिन्न वर्ग र समुदायका नागरिकको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । साथै कार्यक्रममार्फत वडास्तरीय निर्वाचन परिचालन समिति गठन गर्ने तयारीसमेत गरिएको छ ।

नेकपाले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, जनसम्पर्क र राजनीतिक अभिमुखीकरण कार्यक्रमलाई तीव्र बनाउँदै लगेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार