मिक्लाजुङमा १६ औं राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता सुरु

  डिना योङहाङ
175 Shares

पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिकामा सातौं मिक्लाजुङ विद्यालयस्तरीय रनिङ सिल्ड एवम् १६ औं राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता बुधबार सुरु भएको छ ।

मिक्लाजुङ गाउँपालिका-४ रविस्थित दुर्गा माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगितामा मिक्लाजुङका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ ।

विद्यार्थिहरुले एथलेटिक्स् दौड, हाई जम्प,  लङ्जम्प, त्रिपल जम्प, सटफुट, रिले खेल, भलिबल, कवडी, करातेलगायतको खेलमा प्रतिस्पर्दा गर्दैछन् ।

प्रतियोगिताबाट उत्कृष्ट हुने विद्यालय एवम् खेलाडीहरुले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने प्रति छनोट हुने खेलाडीहरुले जिल्ला र प्रदेशमा हुने प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ ।

मिक्लाजुङ खेलकुद विकास समितिका अध्यक्ष विरेन्द्र राईको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमले गरेका थिए । कार्यक्रममा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सन्तकुमार शेर्मा इलाका प्रहरी कार्यलय रविका प्रमुख दुर्गा राई, मिक्लाजुङ गाउँपालिकाका शिक्षा साखा प्रमुख केशव अधिकारि,  आठवटै वडाका वडाध्यक्ष तथा सदस्यहरु, विभिन्न विध्यालयका प्रधानाध्यावक तथा प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विद्यार्थी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हिलि चाईल्ड इङ्लिस् स्कुल र नव ज्योति बोर्डिङ स्कुलका तर्फबाट नृत्य प्रस्तुत गरिएको थियो ।

दुर्गा मावि, माउणड कञ्चन ब्याल्लि बोडिङ स्कुल, होलिचाइल्ड इङ्लिस स्कुल र नव ज्योति बोर्डिङ स्कुलको तर्फबाट आकर्षक ड्रिल प्रस्तुत गरिएको थियो ।

खेलकुदमार्फत विद्यार्थीहरुको प्रतिभा पहिचान, शारिरिक विकास तथा आपसि सद्भाव र सहकार्य प्रवर्द्धन गर्ने उदेश्यले मिक्लाजुङ गाउपालिकाको आर्थिक सहयोगमा मिक्लाजुङ खेलकुद विकास समितिले बर्सेनि प्रतियोगिता आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार