
इलाम : इलामको माङसेबुङ गाउँपालिका-३ स्थित चतुरेमा जारी ‘चतुरे बजार कृषि तथा पर्यटन महोत्सव प्रथम खुला नकआउट फुटबल प्रतियोगिता’ मा मान्द्रे एफसी र चिबुवा एफसी सेमिफाइलन प्रवेश गरेका छन् ।
आइतबार भएको पहिलो खेलमा गरीगाउँलाई पराजित गर्दै मान्द्रे र दोस्रो खेलमा माङसेबुङ गाउँपालिकालाई पराजित गर्दै चिबुवा एफसी विजयी भएका हुन् । गोर्खा स्पोर्टिङ् क्लब र काका एफसी यसअघि नै सेमिफाइलन प्रवेश गरिसकेका छन् ।
प्रतियोगिताको दुवै सेमिफाइनल खेल सोमबार सञ्चालन हुनेछन् । पहिलो सेमिफाइनल खेलमा गोर्खा स्पोर्टिङ क्लब र मान्द्रे एफसी एवम् दोस्रो खेलमा काका एफसी र चिबुवा एफसीबीचबीच प्रतिष्पर्धा हुने मुख्य आयोजक समिति सचिव अनिस सुनुवारले जानकारी दिए ।
प्रतियोगिताको फाइनल वैशाख १ गते हुनेछ । प्रतियोगितामा झापा, इलाम र पाँचथरका १६ टिमको सहभागिता रहेको थियो । विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।
चतुरे बजार कृषि तथा पर्यटन प्रवर्द्धन समितिको आयोजनामा चतुरे बजार कृषि तथा पर्यटन महोत्सव अन्तर्गत फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ ।



















































