पवित्रहाङमा गोल्डकप : उपाधिका लागि जनता सेभेन र दारिम्बा भिड्ने (भिडियोसहित)

इलाम : इलामको माङसेबुङमा जारी १६ औं संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि इलामको जनता सेभेन स्पोर्ट्स क्लब र पाँचथरको दारिम्बा फुटबल क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।

बिहीबार प्रस्तावित आत्मानन्द रङ्शालामा भएको सेमिफाइनल खेलबाट फाइनल प्रवेश गरेसँगै उपाधिका लागि जनता सेभेन र दारिम्बाको भेट पक्का भएको हो । उपाधिका लागि फाइनल खेल शनिबार दिउँसो २ बजे हुने आयोजक आत्मापवित्र खेलकुद समिति अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

बिहीबारको पहिलो सेमिफाइनल खेलमा पाँचथरको मिक्लाजुङ फुटबल क्लबलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै जनता सेभेन उपाधिनजिक पुगेको हो ।

दोस्रो सेमिफाइलन खेलमा सुनसरीको फेयर फुटबल क्लबलाई १-० गोलको झिनो अन्तरमा रोक्दै दारिम्बा फाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताका उपाधि विजेता टिमले नगद तीन लाख ७० रुपैयाँसहित ट्रफी एवम् उपविजेता टिमले नगद दुई लाख ७० रुपैयाँसहित ट्रफि पाउनेछ ।

स्थानीय किरात धर्मगुरु आत्मानन्द लिङदेनपत्नी पवित्रहाङमा साँवा (लिङदेन) को ७० औं जन्मोत्सवको अवसरमा सञ्चालित प्रतियोगितामा नेपाल र भारतका गरी ८ महिला टोलिको सहभागिता रहेको थियो ।

भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार