गोर्खा र काका एफसी सेमिफाइलन प्रवेश

  नयाँ बुलन्द
42 Shares

 

इलाम : इलामको माङसेबुङ गाउँपालिका-३ स्थित चतुरेमा जारी ‘चतुरे बजार कृषि तथा पर्यटन महोत्सव प्रथम खुला नकआउट फुटबल प्रतियोगिता’ मा गोर्खा स्पोर्टिङ् क्लब र काका एफसी सेमिफाइलन प्रवेश गरेका छन् ।

शनिबार भइको पहिलो खेलमा मानपुर एफसी विरुद्ध ४-१ गोलको सहज जित निकाल्दै गोर्खाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । गोर्खाको जितमा सोम लिम्बूले दुइ एवम् श्या राई र सन्तोष लिम्बूले एक/एक गोल गरेका थिए ।

दोस्रो खेलमा चर्ज बोइज माङ्सेबुङलाई टाइब्रेकरमा पराजित गर्दै काका एफसी सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट २-२ गोलको बराबरी भएपछि टाइब्रेकरबाट विजेता निर्धारण गर्नुपरेको थियो ।

प्रतियोगिता अन्तर्गत आइतबार क्वाटरफाइनलका अन्तिक खेल सञ्चालन हुनेछन् । पहिलो खेलमा

गैरीगाउँ एफसी र मान्द्रे एफसी एवम् दोस्रो खेलमा चिवुवा एफसी र माङसेबुङ गाउँपालिकाबीच प्रतिष्पर्धा हुने मुख्य आयोजक समिति सचिव अनिस सुनुवारले जानकारी दिए ।

फुटबल प्रतियोगितामा झापा, इलाम र पाँचथरका १६ टिमको सहभागिता रहेको छ । फुटबलका विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको फाइनल वैशाख १ गते हुनेछ ।

चतुरे बजार कृषि तथा पर्यटन प्रवर्द्धन समितिको आयोजनामा चतुरे बजार कृषि तथा पर्यटन महोत्सव अन्तर्गत फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार