मान्द्रे र माङसेबुङ विजयी

इलाम : इलामको माङसेबुङ गाउँपालिका-३ स्थित चतुरेमा जारी ‘चतुरे बजार कृषि तथा पर्यटन महोत्सव प्रथम खुला नकआउट फुटबल प्रतियोगिता’ मा शुक्रबार मान्द्रे एफसी र माङसेबुङ गाउँपालिका विजयी भएका छन् ।

पहिलो खेलमा रवि एफसीलाई टाइब्रेकरमा पराजित गर्दै मान्द्रे एफसी विजयी बनेको हो । निर्धारित समयमा दुवै टिमबाट २-२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

दोस्रो खेलमा चिबुवा एफसीलाई ३-० गोल अन्तरमा पराजित गर्दै माङसेबुङ गाउँपालिका विजयी बनेको हो ।

प्रतियोगिता अन्तर्गत शनिबारदेखि क्वाटरफाइनलका खेल सञ्चालन हुनेछन् । पहिलो खेलमा एमपीसी मानपुर र गोर्खा स्पोर्टिङ क्लब एवम् काका एफसी र चर्च बोइज माङसेबुङबीच प्रतिष्पर्धा हुने मुख्य आयोजक समिति सचिव अनिस सुनुवारले जानकारी दिए ।

फुटबल प्रतियोगितामा झापा, इलाम र पाँचथरका १६ टिमको सहभागिता रहेको छ । फुटबलका विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको फाइनल वैशाख १ गते हुनेछ ।

चतुरे बजार कृषि तथा पर्यटन प्रवर्द्धन समितिको आयोजनामा चतुरे बजार कृषि तथा पर्यटन महोत्सव अन्तर्गत फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार