चुलाचुलीमा नेकपाको एकता सन्देश सभा तथा उम्मेद्वार भेटघाट कार्यक्रम सम्पन्न

  नयाँ बुलन्द
77 Shares

इलाम : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) चुलाचुली गाउँपालिकाको आयोजनामा एकता सन्देश सभा तथा प्रतिनिधिसभा सदस्य उम्मेद्वार भेटघाट कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ ।

नेकपा नेता न्युसन राईको अध्यक्षतामा भएको सभामा नेकपा नेता तथा पूर्वमन्त्री देव गुरुङ, नेता सावित्री कुमार काफ्ले, प्रदेशसभा सदस्य विद्या चम्लिङ राई, इलाम क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार ओमबहादुर गुरुङ (सौरभ) सहित नेताहरु मिसन चम्लिङ राई, राजकुमार राई, बन्दना राई, हर्क लावती, प्रकाश परियार, विक्रम लिम्बु, नयर राई, राम योङहाङलगायतको उपस्थिति रहेको थियो ।

सभालाई सम्बोधन गर्दै नेता गुरुङले कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउने आधार एकता नै भएको बताए  । उनले जनताको अधिकार र शक्ति जनताकै हातमा केन्द्रित गर्ने लक्ष्यसहित पार्टी अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । अन्य वक्ताहरुले पनि आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनलाई एकताबद्ध बनाउँदै जनस्तरसम्म पार्टीको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

कार्यक्रमकै अवसरमा आगामी निर्वाचनलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने उद्देश्यले पालिकास्तरीय तथा वडास्तरीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।पालिकास्तरमा तुला लावती संयोजक र नारायण लावती सहसंयोजक रहेको १०३ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

पार्टी परिचालन तथा निर्वाचन आयोगसँग समन्वय गर्ने कमान्डको संयोजकको जिम्मेवारी न्युसन राईलाई तोकिएको छ । प्रचारप्रसार समितिको कमान्ड युसन चम्लिङ राईलाई र युवाविद्यार्थी कमान्ड उजित बराल र आशिष लाम्गादेलाई जिम्मा दिइएको छ ।

त्यसैगरी वडास्तरमा ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । वडा नम्बर १ मा राम सुनुवार संयोजक र मणि राई सहसंयोजक चयन भएका छन् ।

वडा नम्बर २ मा मंगलबहादुर राई संयोजक र दिनानाथ दंगाल सहसंयोजक रहेका छन् । वडा नम्बर ३ मा केशव गुरागाईं संयोजक र श्याम राई सहसंयोजक छन् ।

वडा नम्बर ४ मा नरबहादुर बुडाथोकी संयोजक र माइली मणि राई सहसंयोजक तोकिएका छन् । वडा नम्बर ५ मा लोकबहादुर राई संयोजक र विजय दंगाल सहसंयोजक रहेका छन् भने वडा नम्बर ६ मा दिपक श्रेष्ठ संयोजक र मदन बुडाथोकी सहसंयोजक चयन भएका छन् ।

कार्यक्रमले चुलाचुली क्षेत्रमा पार्टी संगठनलाई थप मजबुत बनाउँदै आगामी निर्वाचनको तयारीलाई तीव्र बनाउने विश्वास व्यक्त गरिएको छ ।

तस्बिरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार