भोलिदेखि ठिंङ्गेपुरमा कक्फेवा विशेष खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता

  युद्धबहादुर बोहोरा
182 Shares

 

इलाम : कक्फेवा (माघे संक्रान्ति) को पावन अवसर पारेर इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका–१, ठिंङ्गेपुरमा खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ठिंङ्गेपुर युथ क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता  पुस २६ गतेदेखि माघ २ गतेसम्म सञ्चालन हुनेछ।

१६ टिमको सहभागितामा रहेको आयोजकले जनाएको छ।  फाकफोकथुम–१ स्थित ज्योति आधारभूत विद्यालयको खेल मैदानमा दिनको ११ बजेदेखि खेल सुरु हुनेछ।

प्रतियोगितामा विजेता टिमले नगद रु. ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै म्यान अफ द म्याच, हाई स्कोरर, बेस्ट किपर, बेस्ट डिफेन्डरलगायत विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गरिनेछ।

खेल नियमअनुसार प्रत्येक टिममा ७ खेलाडी र ३ वैकल्पिक खेलाडी रहने व्यवस्था गरिएको छ। खेलाडीहरूले अनिवार्य रूपमा क्लब वा समूहको जर्सी, बुट, प्याड र इस्टकिङ प्रयोग गर्नुपर्नेछ। खेलका क्रममा उत्पन्न हुने कुनै पनि विवादमा आयोजक तथा रेफ्रीको निर्णय अन्तिम हुने जनाइएको छ। खेलाडी घाइते भएमा आयोजक जिम्मेवार नहुने तथा खान–बस्नको व्यवस्था सहभागी स्वयंले गर्नुपर्ने बताइएको छ।

ठिंङ्गेपुर युथ क्लबका अध्यक्ष मिङ्सो नेम्बाङले कक्फेवा पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास तथा युवाहरूबीच आपसी सद्भाव बढाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण खेलप्रेमीलाई सहभागिताका लागि आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार