
इलाम : इलामको माङसेबुङ गाउँपालिकामा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
तीन दिनसम्म चल्ने प्रतियोगिता माङसेबुङ-३ स्थित दुर्गा माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको हो । प्रतियोगिताो उद्घाटन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गरे ।
प्रतियोगितामा गाउँपालिका भित्रका सात सामुदायिक र दुई संस्थागत विद्यालयका खेलाडीहरु सहभागी छन् । रनिङ शिल्ड अन्तर्गत १५ खेल विद्यामा आयोजना गरिनेछ । प्रतियोगितामा छात्र र छात्रा स्वर्ण, रजत र कांस्य पदक प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
प्रतियोगिताअन्तर्गत छात्रछात्राको भलिबल, कपर्दी, एथलेटिक्स, सट्पुट् लगायतका खेल खेलाइनेछ । माङसेबुङ गाउँपालिकाका विद्यार्थीहरुको उत्साहजनक सहभागिताले रनिङ शिल्ड प्रतियोगिता गराइएको गाउँपालिका अध्यक्ष राईले बताए । उनले प्रतियोगिताका विजेता विद्यालयलाई दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे ।
प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ ।
माङसेबुङ गाउँपालिका-३ का वडाअध्यक्ष लक्षुमन राई जनमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन दुर्गा माविका शिक्षक मचिन्द्रराज लिम्बूले गरेका थिए ।
तस्बिरहरु :


























































