इलामका आयुष पनि अष्ट्रेलिया पलायन

  नयाँ बुलन्द
294 Shares

इलामका आयुष पनि अष्ट्रेलिया पलायन

इलाम । नेपाली उमेर समूह फुटबलबाट उदाउँदै गरेका प्रतिभाशाली डिफेन्डर आयुष तिम्सिना अष्ट्रेलिया पलायन भएका छन् । इलामको सुर्योदय नगरपालिका–९ निवासी तिम्सिना नेपाली फुटबलको क्षमतावान युवा खेलाडीका रूपमा परिचित थिए ।

तिम्सिनाले सन् २०२३ मा नेपालमा भएको साफ यु–१९ मा नेपाली राष्ट्रिय टोलीको उपकप्तानको जिम्मेवारी बहन गरेका थिए । त्यस्तै, अन्डर–२० राष्ट्रिय टोली हुँदै उनले पछिल्लो समय त्रिभुवन आर्मी फुटबल क्लब बाट खेलेका थिए । आर्मी क्लबबाट खेल्दा उनले भारतको प्रतिष्ठित ‘डुरान्ड कप’सम्म खेल्ने अवसर पाएका थिए, जसले उनको खेल जीवनलाई अझै उचाइमा पुर्‍याएको थियो ।

बलियो डिफेन्स, खेल बुझाइ र लिडरसिप क्षमताका कारण आयुषलाई नेपाली फुटबलका भविष्यका आधारस्तम्भको रूपमा हेरिएको थियो । तर पछिल्ला दिनमा धेरै युवा खेलाडी विदेशिन थालेझैँ आयुष पनि अष्ट्रेलिया पलायन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार