काठमाडौं :नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नसच्चिए उनलाई प्रधानमन्त्रीको कुर्सीबाट माइतीघर वा तीनकुनेमा ल्याएर पछार्ने चेतावनी दिएका छन्।
राजधानीको तीनकुनेमा आयोजित विरोध सभामा एमालेको युवा संघको संयोजक समेत रहेका बस्नेतले यस्तो चेतावनी दिएका हुन्।
उनले भने ‘म प्रचण्डको कान खोल्ने गरेर झिर रोपेर सुन्न चेतावनी दिन्छु –तपाईँ सच्चिनु भएन भने नेपाली जनताको भविष्य अन्धकार बनाउनुभयो भने सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघर मण्डलामा हो कि तीनकुनेमा पछार्ने हो । त्यो तागत युवा विद्यार्थीहरूसँग छ, एमालेसँग छ।’
एमालेको कार्यक्रम अव सातै प्रदेशमा विस्तार हुने र उक्त आन्दोलनपछि एमाले नेतृत्वमा सरकार बन्ने उनले दाबी गरे। बस्नेतले गणतन्त्रमाथि आक्रमण हुँदा एमाले सबैभन्दा पहिले प्रतिरोधमा उत्रिएको दाबी समेत गरे।