जनकल्याण माविका ३८ जनालाई सुवासचन्द्र स्मृति अक्षयकोष मार्फत सम्मान

  युद्धबहादुर बोहोरा
651 Shares

पाँचथरः जनकल्याण माविका ३८ जनालाई सुवासचन्द्र स्मृति अक्षयकोष मार्फत सम्मान गरिएको छ ।

समाजसेवी,राजनितिज्ञ तथा यस विद्यालयका संस्थापक स्व.सुवासचन्द्र चेम्जोङ र धर्मपत्नी पवित्राको नाममा उनका छोराछोरीले २०७८ सालमा ६ लाख १५ हजार रुपैंयाको अक्षयकोष निर्माण गरेको थिए । उक्त कोषको व्याजबाट पहिलो पटक फाल्गुनन्द ५ नम्बर वडामा २०२३ सालमा स्थापना भएको यस विद्यालयका विभिन्न विधाका विद्यार्थी र शिक्षकलाई नगदसहित पुरस्कृत गरिएको छ ।

१९९७ साल माघ ५ गते पञ्चमी तिथिमा जन्मिएका चेम्जोङको जन्म तिथि र बसन्त पञ्चमी अर्थात सरस्वती पुजाका दिनमा विद्यालयद्वारा आयोजित कार्यक्रममा हरेक क्षेत्रमा उत्कृष्ट स्थान हाँसिल गर्ने ३८ जनालाई ोप्रमुख अतिथि फाल्गुनन्द गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोक,विशेष आतिथि पालिका शिक्षा शाखाका प्रमुख बाबुराम राई र अक्षयकोष स्थापना गर्ने परिवारले उनीहरुलाई नगदसहित सम्मान गरेका हुन् ।

कार्यक्रममा स्व. चेम्जोङका जेठा सुपुत्र हाल बेलायतमा रहेका रुद्र,माईला सुपुत्र नन्द,काईला सुपुत्र विरेन्द्र तथा श्रीमती र परिवारको सहभागितामा पुरस्कार वितरण गरिएको विद्यालयका शिक्षक अम्बिका प्रसाद सापकोटाले जानकारी दिए ।

उनले तीनपटकसम्म फाक्तेप गाउँ विकास समितिको प्रधानपञ्च र विद्यालय व्यस्थापन समितको अध्यक्ष तथा विद्यालयको शिक्षकसमेतको योगदान गरेका आधारमा छोराछोरीबाट अक्षयकोष स्थापना गरी उक्त विद्यालयलाई प्रदान गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्कबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण तथा सरस्वती पुजाको कार्यक्रममा प्रमुख अतिथि अधिकृत तुम्रोकले पालिकाभित्रका जुनसुकै विद्यालयल,शिक्षक,अभिभावक तथा विद्यार्थीले शैक्षिक उन्नति र प्रगतिको लागि अगाडि बढेमा पालिकाले प्रथामिकताका साथ सहयोग गर्ने बताउँदै सम्मानित व्यक्ति,विद्यालय र अक्षयकोष स्थापना गर्ने परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

सुवासचन्द्र स्मृति अक्षयकोषका सल्लाहकार समेत रहेका स्व. चेम्जोङका जेठा छोराले बुवाको नाममा स्थापना गरिएको अक्षयकोष मार्फत विभिन्न विधाका विद्यार्थी तथा शिक्षकलाई सम्मान गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताए । अक्षयकोषबाट कक्षागत प्रथम बालबिकास देखि १२ कक्षासम्मका  १२ जना, विपन्न,गरिब तथा जेहेन्दार विद्यार्थी १८ जना, खेलकुदको माध्यमबाट विद्यालयको नाम प्रदेशसम्म चिनाउन सफल ४ जना, लिम्बु भाषा संस्कार र संस्कृतिमा प्रतिभावान एक जना विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको छ । त्यस्तै,भाषा,संस्कृतिमा खोज तथा अध्ययन र अध्यापन कर्ता शिक्षक रामकुमार चेम्जोङ र पुस्तकालय संचालन,व्यवस्थापन र संरक्षण सहयोगी दुई जना शिक्षकलाई पनि सम्मान गरिको हो ।

हाल यस विद्यालयमा हर्क बोलीजसरानी नेम्बाङ अक्षयकोष ५० हजार, यस विद्यालयका भूतपूर्व विद्यार्थी समाज अक्षयकोष २ लाखा ४० हजार १६४ रूपैंया रहेको साथै अझै बृद्धि हुने क्रममा रहेको जनाइएको छ ।

यस विद्यालयले २०७८ सालमा फाल्गुनन्द गाउँपालिका स्तरीय उत्कृष्ट शैक्षिक उपलब्धि गर्न सफल नमूना विद्यालयको रुपमा प्रथम भई दुई लाख रुपैयाँ अनुदान प्राप्त गरेको कार्यक्रमका विशेष अतिथि फाल्गुनन्द गाउँपालिका शिक्षा शाखा प्रमुख राईले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर चेम्जोङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।  सामुदायिक विद्यालयमा सरकारको तर्फबाट मात्रै सबै कुरा समेट्न नसकिने हुँदा नागरिकस्तरबाट पनि शैक्षिक क्षेत्रको प्रगतिको लागि सहयोग गर्न कोसिस गरियो भने विद्यालयको शैक्षिक उन्नति हुन अतिथिले मन्तव्यमा बताए ।

२७० जना विद्यार्थी रहेको यस विद्यालयमा जम्मा २० जना शिक्षक स्टाफ छन् । २३ रोपनी जमीन रहेको यस विद्यालयको खेल मैदान,भौतिक संरचनालाई थप सुधार गर्नु जनाइएको छ । यस विद्यालयमा खानेपानीको समस्या भने निक्कै जटिल भएको प्रधानध्यापक पूर्ण कुमार सदेम्बाले जानकारी दिए ।

उक्त सम्मान कार्यक्रममा समाजसेवी मणीचन्द्र चेम्जोङ, शिक्षक भिम बहादुर चेम्जोङलगायतले शुभकामना राखेका थिए भने प्रधानध्यापक सदेम्बाले कार्यक्रको औचित्य सहित स्वागत मन्तव्य साथै शिक्षक पूर्ण चेम्जोङले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार