बीएण्डसीले शुरु गर्यो इलामबाटै वीमा कार्यक्रम

  नयाँ बुलन्द
2.1k Shares

सरकारले सञ्चालन गर्दै आएको बीमा कार्यक्रम वापतको रकम अस्पताललाई नदिएपछि प्रभु इन्स्योरेन्ससंगको सहकार्यमा अस्पताल आफैले बीमा कार्यक्रम सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइले बताए ।
‘मेरो बिएण्डसी, मेरो जीवन साथी प्रभु इन्स्योरेन्ससंग” नारा राखेर शुरु गरेको बीमा कार्यक्रमको उद्घाटन इलाममा औपचारीक रुपमा गरेको छ । अस्पतालको बीमा कार्यक्रम अनुसार एक परिवारले बार्षिक ६ हजार रुपैंयाँ तिरेपछि चारजनाले ५० हजार रुपैंयाँ सम्मको स्वास्थ्य सेवा लिन पाउनेछन् । चारजना भन्दा बढी सदस्य भएका परिवारका लागि प्रति व्यक्ति थप १७ सय ५० रुपैंयाँ लाग्ने निर्देशक प्रसाईले जानकारी दिए। यो कार्यक्रम एकबर्ष परिक्षणका लागि रहने र प्रभावकारी भएमा अन्य जिल्लाहरुमा पनि बिस्तार गरिने बताइएको छ ।
बुधबार बीमा कार्यक्रमको उद्घाटन गर्न इलाम आएका प्रसाईले इलाम अस्पताल र इलाम नगरपालिकाले सञ्चालन गरिरहेको डाइलासिस सेवा र इलाम अस्पतालको निरीक्षण गरेका छन्। सो क्रममा उनले इलाम जिल्लाको एकमात्र ठूलो सरकारी अस्पताल इलाम अस्पतालको अवस्था अत्यन्तै दयनीय रहेको बताए । प्रसाईले डाइलासिस सेवालाई अझ प्रभावकारी बनाउन बीएण्डसी अस्पतालले महिनामा एकपटक एकजना डाक्टर पठाउने प्रतिवद्धता जनाए । इलाम नगरपालिकाका मेयर केदार थापाले बीएण्डसी अस्पतालले पूर्वाञ्चलको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याएको र अब सञ्चालन गर्न लागेको स्वास्थ्य बीमा कार्यक्रम पनि थप प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार