इलाम: नेपालको पूर्वी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । आइतवार राति १० बजेर १८ मिनेटमा प्रदेश १ का पहाडी तथा तराईका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको हो।
भूकम्पको धक्का खोटाङ, भोजपुर, तेह्रथुम, धनकुटा,ताप्लेजुङ,पाँचथर,इलाम,सुनसरी र मोरङसहितका जिल्लामा पनि महसुस भएको छ। भूकम्पको केन्द्रबिन्दु र क्षमताबारे विस्तृत विवरण आइसकेको छैन।