इलाममा लोकतान्त्रिक पद्धतीबाट बिद्यार्थीहरुको कप्तान छनौट


इलाम   :
कुनै पनि विद्यालयमा विद्यार्थीहरुकै प्रमुख (क्याप्टेन) छनौट गरेर विद्यालयको अनुसासन कायम गर्ने गरिएको छ । (क्याप्टेन) कप्तानले बिद्यार्थीहरुका समस्या बिद्यालय प्रशासन र शिक्षक समक्ष पुर्याउने र बिभिन्न नियम विद्यार्थीहरुमाझ लागु गर्न पनि कप्तान छनौट गरेर काम गर्ने गरिन्छ । कप्तान प्राय प्रधानाध्यापकले मन पराएको विद्यार्थीलाई तोक्ने समेत गरिएको छ । तर इलामको एक निजि विद्यालयले भने पुर्ण लोकतान्त्रिक पद्धतीबाट कप्तान छनौट गरेको छ । राजनैतिक दलका भात्रृ संगठन र स्वतन्त्र विद्यार्थी युनियन उच्च माध्मकित तहमा सुनेकै छौ पनि तर कक्षा १० सम्म नै यस्तो कार्य जिल्लामा नै पहिलो पटक भएको विद्यालयको दावी छ ।

इलाम सदरमुकाममा सञ्चालित हेरिटेज नेश्नल एकाडेमीले पुर्ण लोकतान्त्रिक पद्धतीबाट बिद्यार्थीहरुको कप्तान छनौट गरेको छ । विद्यालयले चुनावी प्रत्रियाबाट नै कप्तान र सहायक कप्तान छनौट गरेको हो । बिद्यालयमा मतदान अधिकृतको ब्यवस्था नै गरेर कप्तान छनौट गरिएको हो ।
भर्खरै देशमा स्थानिय तहको चुनाव सम्पन्न भएको छ । तर मतपत्रमा नाम भएका र १८ वर्ष पुरा भएकाहरुले मात्र मतदान गरे । विद्यार्थीहरुको सिकाईलाई प्रयोगात्मक बनाउन र लोकतन्त्रको सुन्दर पक्षको जानकारी गराउन पनि चुनावी प्रक्रिया मार्फत प्रतिनिधि छनौट गरिएको बताइएको छ । बिद्यार्थीहरुले समेत आफैँले रोजेको साथीलाई मतदान गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । बिद्यार्थी विजेता अधिकारीले आफ्नै रोजेको साथीलाई मतदान गर्न पाएकोमा खुसी ब्यक्त गरिन ।

यो चुनावी वर्ष हो । भर्खरै पनि स्थानिय तहको चुनाव सम्पन्न भएको छ र आउने मंसिरमा समेत प्रदेश र संघको चुनाव हुँदैछ । विद्यार्थीहरुलाई चुनावको ज्ञान दिलाउन समेत यस्तो कार्य गरिएको शिक्षक जिवन पोख्रेलले बताए ।

देशमा हुने चुनाव जसरी हुन्छ उसैगरी वा उही प्रक्रिया र पद्धती अपनाएर विद्यार्थीहरुको नेता छनौट गरिएको छ । नेपालली शेनाद्धारा तालिम दिइएका विद्यालयकै बिद्यार्थीलाई सुरक्षामा खटाइएको शिक्षक याम काफ्लेको भनाइ छ । उनले चुनाव केहो र मतदान कसरी हुन्छ भनेर विद्यार्थीहरुमा जनचेतना जगाउन समेत यस्तो कार्य गरिएको बताए ।

  विद्यार्थीहरुले आफ्नै प्रतिनिधि मार्फत गुनाशो र विद्यालयमा आवाज उठाउने भएका कारण पनि यस्तो चुनावी प्रक्रिया मार्फत निद्यार्थी नेता छनौट गरिएको प्रधानाध्यापक सुरेन्द्र कट्टेलले बताए । मतदान मिति यस अघि नै घोषणा भएको थियो । विद्यार्थी माझ मत माग्ने र एक दिन अघि देखी मौन अवधी सुरु भएको थियो ।  उच्च शिक्षाका क्रममा यस्तो पद्धती सामान्य भएपनि यो अभ्यास निजी विद्यालय अनी कक्षा १० सम्मको हकमा जिल्लाकै पहिलो भएको बिद्यालयको दावी छ ।

२०६५ सालमा स्थापना भएको बिद्यालयमा कक्षा नर्सरीदेखी कक्षा १२ सम्म अध्यापन हुने गरेको छ । निर्वाचन पक्रियामा कक्षा चारदेखी कक्षा १० सम्मका विद्यार्थीलाई मतदानमा सरिक गराइएको थियो । जसमा जम्मा ४ सय ५० मतमध्ये ४ सय ३३ मत झरेको थियो ।

कप्तान पदका लागि विद्याथीहरु निश्चल दाहाल, छेवाङ शेर्पा र सुगरिका दाहालले मनोनयन दर्ता गराएका थिए । सहायक कप्तानका लागि निश्चल पौडेल, अभिशेक तामाङ, पिटु राई र पासाङ दिकी शेर्पाले मनोनयन गर्दा गराउनु भएको थियो । चुनावी प्रक्रिया मार्फत कप्तानमा छेवाङ शेर्पा र उपकप्तानमा अभिशेक तामाङ निर्वाचित हुनु भएको छ ।  यो पद्धती लोकतन्त्रको सुन्दर पक्ष हो । पुर्ण लाकतान्त्रिक पद्धती मार्फत छनौट गर्ने पक्रिया माध्यमिक तहमा यो पहिलो अभ्यास हो । विबाद रहित बनाउन र हार जितको शिक्षा दिलाउन समेत यो अध्यास फलदायी बन्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार