५ वर्षमै ८० प्रतिशत प्रशासकीय अधिकृतले घरजग्गा जोडीसके, छानविन गरौं : सासंद कर्ण

  नयाँ बुलन्द
287 Shares


इलाम: लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले स्थानीय तहमा पाँच वर्षमा धेरै अनियमितता भएको आरोप लगाएका छन् । उनले पदाधिकारीले गाली मात्र खाएको तर प्रमुख प्रशासकीय अधिकृतले कमाइरहेको धारणा राखे ।
शनिबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नै नेता कर्णले ८० प्रतिशत प्रशासकीय अधिकृतले काठमाडौंमा घर बनाइसकेको बताए ।

‘हामीले पाँच वर्ष स्थानीय निकाय सञ्चालन गर्‍यौं, अब रिभ्यू गर्ने बेला भएको छ कि छैन,अनियमितता छ कि छैन ? कसले कमाइरहेको छ, ८० प्रतिशत प्रशासकीय प्रमुखको घर काठमाडौंमा छ, नभए त शहर जहाँ छ त्यहाँ बनाइसके,’ उनले भने । उनले अब समीक्षा गर्ने बेला आएकाे बताए ।-इविकाश न्युज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार