पाँचथरका ऐतिहासिक स्थलमा ‘मिक्किफुङ्’ म्युजिक छायांकन

  नयाँ बुलन्द ,
231 Shares

 

पाँचथर: लिम्बु भाषाको गीत ‘मिक्किफुङ्’ को म्युजिक भिडियोको बुधबार छायांकन सम्पन्न भएको छ।
पाँचथरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ,साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् ।

याक्थुङ फ्लिम्सद्वारा निर्माण भएको गीतमा शब्द रचना निर्देशक केरुङ,संगीत प्रेम पन्धाक, स्वर डिआर हाङ्सरुम्बा, छायांकन सञ्जय आचार्य, प्रकाश ब्यवस्थापन टिराम अधिकारी र शृङ्गार अमृता जबेगुको रहेको छ ।
याक्थुङ फ्लिम्स युटुब चानलद्वारा सार्वजनिक हुने भिडियोमा नुनाम केरुङ, अमृता जबेगु, रामचन्द्र नेम्बाङ लगायतले अभिनय गरेका छन् ।
उक्त गीत एकदशक अगाडि ‘नादङ’ एल्बमद्वारा डिआर हाङ्सरुम्बाले ल्याएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार