‘सिरिजङ्गा तङ्नाम’ को छायांकन सिक्किममा

  नयाँ बुलन्द
882 Shares

पाँचथर: लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ ।
सिक्किमस्थित मार्ताम,रेसिवाधाम,हिगाउँ लगायत रमणीयस्थलमा गरिएको हो । बिएम थेगिमको शब्द/लय संकलन, मनि ताम्लिङ र जीतु मुरिङ्लाको स्वर, बिनय मुरिङ्लाको छायांकन रहेको पालामलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् ।
ओपेरा इन्टरटेन्मेन्ट युटुव च्यानलद्वारा सार्वजनिक हुने भिडियोमा मोनि कुमार ताम्लिङ,जीतु मुरिङ्ला,सोना सावदेन, मुनाहाङ लिम्बू, सनमाया हेम्ब्या,गंगा केरुङ, बसन्ती इजम, अमृता खाम्दाक, एसबि चोङ, आइतहाङ मुरिङ्ला, खड्गसिङ इजमले अभिनय गरेका छन् ।

लिम्बु संस्कृती र पहिचान झल्काउने यस भिडियो मार्फत नयाँ पुस्तालाई आफ्नो जाति,धर्म,भाषा,संस्कार र संस्कृती बारे जानकारी दिदै यसको सरक्षण गर्न उनीहरुलाई प्रेरणा साथै उत्साह मिलोस भन्ने हेतुले निर्माण गरिएको निर्देशक केरुङको भनाइ छ ।
भिडियोमा अन्य चर्चित कलाकारहरु टिबि लिम्बू, एल सुब्बा,मनमाया सावदेन,आइतहाङ पाराङ्देन,सुचिता मुरिङ्ला,सुकमाया माङ्मु,सुनुहाङ्मा लिबाङ,सुकुम यङ्वागो,कविता यङ्वागो, सचिका यङ्वागु,आइतरानी यङ्वागु,पुर्णिमा यङ्वागु,बिएम लिम्बू, बुद्दहाङ यङ्वागु, लक्ष्मण थेगिम,केस लिम्बू, मंगल लिम्बु लगायतले समेत अभिनय गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार