गजल

  हेमराज लिम्बू
343 Shares

हेमराज लिम्बू
नजानेर हाेईन हामिले बारम्बार जानि जानि बेच्याै।।
देसकाे सम्पति एकपछि अर्काे गर्दै छानि छानि बेच्याै।
उद्याेग बेच्याै कलकारखाना बेच्याै त्यतिले पुगेन ।।
राहदानि थमाई खाडिमा युवाकाे श्रम र जवानी बेच्याै।
असमान सन्धि सम्झाैता र राष्टघाति सम्झाैता गरेर।।
हामिले खाेला नदि – नाला सम्पदा अनि खानि बेच्याै।
समृद्धिकाे नाममा प्राकृतिक स्राेत साधन बेच्दै जाँदा।।
कहिल्यै लागेन हामिलाई  घर जलाएर खरानी बेच्याै।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार