राजेश पायल राईको स्वरमा ‘आज देखे तिमीलाई एउटा कारमा´

  नयाँ बुलन्द
301 Shares

इलाम : राजेश पायल राईको आवाजमा ईलामेली कलाकार सन्तोस खापुङद्वारा रचित एवम् संगीतबद्ध गीत `आज देखे तिमीलाई एउटा कारमा´ बोलको गीत सार्वजनिक भएको छ ।

‍ओएसआर मुभिमार्फत सार्वजनिक भएको छ । यस गीतको भिडियोमा इलामेली कलाकार निर्मल दियाली, सामना खनाल तथा आर्यमोन दियालीको अभिनय देख्न सकिन्छ ।

उक्त गीत रेकर्डपछि फेसबुक लाईभ गर्ने क्रममा आफू गाएको गीतहरूमध्ये यो गीतमा पृथक रहेको कुरा राजेश पायल राइले बताएका छन् । यसप्रकार यस गीत मार्फत नेपाली संगीत श्रोताहरूले केही नयाँ पन पाउनेमा शब्द तथा संगीतकार सन्तोष खापुङले समेत बताएका छन् ।

परिवर्तनसँगै सांगीतिक भावनाहरू पनि परिवर्तन हुँदा श्रोता दर्शकहरूलाई नयाँ स्वादको महसुस हुने कुरामा गीत तथा भिडियोका सम्पूर्ण टीम विश्वास्त रहेका छन् ।

गीतको छायाङ्कन इलामको बहुचर्चित पर्यटकीय स्थल कन्याम, अन्तु लगायतका स्थानहरूमा भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार