धरानमा ‘नेत्तिफूङ्’ कविता कृतिको विमोचन

  नयाँ बुलन्द
56 Shares

 

इलाम: धरान-मुक्साम लाबुङ्द्वारा लिखित लिम्बु भाषाको कविता कृति ‘नेत्तिफूङ्’ आइतबार विमोचन भएको छ ।

धरानस्थित होटल इजि राइडरको सभाहलमा विमोचन भएको हो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनशत्रको अवसरमा केन्द्रीय अध्यक्ष कुमार लिङ्देनको हस्तबहुलिबाट विमोचन गरिएको हो ।

डिबि खुदाङ्को प्रकाशन रहेको कृतिमा विभिन्न शिर्षकमा ४५ ओटा कविताहरु समेटिएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सागर केरुङ्ले ‘नेत्तिफूङ्’ कविता कृति माथि समीक्षा गरेका थिए । ‘कविता कृतिमार्फत भुइँमान्छेहरुको आवाजलाइ बुलन्द गर्न खोजिएको छ’ प्राज्ञ केरुङ्ले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार