यशोभानु प्रतिष्ठानद्वारा “सिर्जनाको क्यानभासमा इलाम” प्रकाशन गरिन्दै,रचना पठाउन आव्हान

  युद्धबहादुर बोहोरा  148 पटक हेरिएको

इलाम : यशोभानु साहित्य तथा संगीत प्रतिष्ठानद्वारा “सिर्जनाको क्यानभासमा इलाम” काव्य संग्रह प्रकाशन गरिने भएको छ ।

नेपाली साहित्य र संगीतको विकास र विस्तारमा सहयोग पुर्याउने उद्देश्यले स्थापित प्रतिष्ठानले समकालीन इलामेली सर्जकहरुलाई सिर्जनाको एउटै मालामा बुन्न “सिर्जनाको क्यानभासमा इलाम” शीर्षक काव्य संग्रह प्रकाशनको तयारीमा जुटेको छ ।

इलाममा जन्मिएर हाल जुनसुकै ठाँउमा रहेका साहित्य तथा संगीतप्रेमी सर्जकहरुका सिर्जनाहरुलाई संग्रहमा समेटेर इलामको विविधतालाई काव्यकला मार्फत उजागर गर्ने लक्ष्य रहेको प्रतिष्ठानका सदस्य नारायण भट्टराईले बताए ।

प्रतिष्ठानका संस्थापक सदस्य कवि स्वर्गीय भानुभक्त भट्टराईको वार्षिक पुन्यतिथिको अवसरमा ०७९ बैशाखको अन्तिम हप्तामा संग्रहमा सहभागिता रहेका सर्जकहरुलाई सम्मान तथा संग्रहको विमोचन गरि सार्वजानिक गरिने छ ।

संग्रह प्रकाशको लागि साहित्य तथा संगीतप्रेमी सर्जकहरुबाट सिर्जनशील सहयोग,सुझाव र सल्लाहको अपेक्षा गर्दै आफ्ना उत्कृष्ट अधिकतम तीनवटा सिर्जना (गीत,गजल वा कविता) संस्थाको इमेल ठेगाना (yasobhanu2078@gmail.com वा nomanbhattarai@gmail.com) मा २०७८ मङ्सिर १५ गते भित्रमा पठाई सहयोग गरिदिन आव्हान गरिएको प्रतिष्ठानको अध्यक्ष शान्तादेवी भट्टराई रिजालले जानकारी दिइन् ।

सर्जकको सहभागिता र संग्रहको आकारलाई ध्यानमा राखेर सकेसम्म धेरै सिर्जनाहरुलाई समेट्ने कोशिस गरिने भएको छ ।
कुनै जाति,धर्म र सम्प्रदायमा ठेस पुग्ने खालका र निर्धारित समय सीमापछि प्राप्त भएका रचनाहरु संग्रहमा समावेश नगरिने जनाएको छ ।
सिर्जनशील जीवन यात्राको सफलताको कामना गर्दै चाँडै सर्जकका रचनाहरु संग्रहमा पढ्न पाउने अवसर मिलाउन प्रतिष्ठानले आशा गर्दै रचना संकल कार्य शुरूवात गरेको अध्यक्ष रिजालले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार