डुम्रिबोटेका जेष्ठ नागरिक न्यानो कपडा सहित समान पाउँदा खुशीले दङ्ग

  नयाँ बुलन्द
329 Shares

 

पाँचथर : सिटिजन लाईफ ईन्स्योरेन्स फिदिम शाखाले संस्थाको चौथो वार्षिक उत्सवको अवसरमा जेष्ठ नागिरकलाई सम्मान गरेको छ ।

सिद्ध पोखरी सेवा सदन पाँचथरद्वारा संचालित फिदिम नगरपालिका २ डुम्रिबोटे स्थित जेष्ठ नागिरक आश्रमका जेष्ठ नागिरकलाई न्यानो कपडा,फलफूल तथा मिठाई वितरण गरि सम्मान गरेको हो ।
यस हप्तामा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सप्ताह कार्यक्रम संचालन गरिएको बेला ईन्स्योरेन्स कम्पनी लिमिटेड फिदिम शाखाका प्रमुख राम लावतीद्वारा वृद्धवृद्धाहरुलाई सम्मान स्वरूप विभिन्न सामान प्रदान गरिएको जनाइएको छ ।

न्यानो कपडा र समान पाउँदा जेष्ठ नागरिकहरु खुशीले दङ्ग भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार