पत्रकार बाँस्कोटाको कविता संग्रह “ढुङ्गाको प्रेम” लोकार्पण

 

पाँचथर : पाँचथरका पत्रकार गिरिराज बाँस्कोटाद्वारा लिखित ढुङ्गाको प्रेम नामक कविता संग्रह लोकार्पण गरिएको छ ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष समेत रहेका बाँस्कोटाका २७ वटा कविता समेटिएको उक्त पुस्तक सदरमुकाम फिदिममा आयोजित एक समारोहमा लोकार्पण गरिएको हो ।

पुस्तकको लोकापर्ण अग्रज साहित्यकार बिमल बैद्य,प्रेम ओझा नरेन्द्रकुमार केरुङ र प्रमूख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल लगायतले गरेका हुन । ७२ पृष्ठमा रहेको पुस्तकमा समेटिएका प्राय: कवितामा,माया,प्रेम र द्वन्द्वसँगै बेथिति बिरुद्वका स्वरहरुको संयोजन रहेको कविता संग्रहको टिप्पणी गर्दै समालोचक लक्ष्मी ढुंगानाले बताए ।

केन्जो खबरडटकमले आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा स्रष्टाहरुको रचना वाचनसँगै बडादशैं,दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान पनि गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार