किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष थेगिम पितृ शोकमा

  नयाँ बुलन्द  212 पटक हेरिएको

 

इलाम : किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रिय कार्य समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम पितृ शोकमा परेका छन् ।

संघका अध्यक्ष थेगिमको पिता असारसिं थेगिम ८८ बर्षको उमेरमा सघन उपचारको क्रममा विहिवार ललितपुर स्थित पाटन अस्पतालमा उनको निधन भएको हो ।

इलाम फाकफोकथुम गाउँपालिका -३ निवासी वयोबृद्ध थेगिमलाई असोज ९ गते रातीदेखि ललितपुर स्थित पाटन अस्पतालमा भर्ना गराई उपचाररत थिए ।

स्वास्थ्य रिपोर्ट अनुसार कोरोना पोजेटिभको नतिजा देखिएकोले पशुपति विद्युतीय सवदाह गृहमा विहिवार नै उहाँको अन्त्येष्टि गरिएको परिवारले जनाएको छ ।

मृतक थेगिमलाई स्वास्थ्य सुरक्षा अपनाई सामाजिक भौतिक दूरी कायम गर्दै, शुभेच्छुक संघ संस्थाका प्रतिनिधि, किरात धर्मावलम्बी महानुभावहरुले अन्तिम श्रद्धाञ्जली अपर्ण गरेका थिए । लामो समयसम्म राजनीति र समाजसेवामा सकृय थेगिम पञ्चायतकालमा जनपक्षीय प्रधानपञ्च समेत थिए भने विद्यालय व्यवस्थापन समिति रहेर पनि काम गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार