अन्तर्राष्ट्रिय शान्ति दिवसमा नेपाल स्काउटको विविध कार्यक्रम

रोङ : ३५ औं अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा रोङ गाउँपालिका वडा ३ स्थित शान्ति निकेतन माध्यमिक विद्यालयको शान्ति ट्रुप स्काउटले विविध कार्यक्रम गरी मनाएको छ ।

“रिकभरिङ बेटर फर एन इक्‍विटेबल वल्ड” भन्ने नाराका साथ उक्त दिवस मनाएइको हो । दिवसको कार्यक्रममा विद्यालय वरपर विभिन्न किसिमका फलफूलका बिरुवाको वृक्षरोपण गरेको छ त्यसैगरी स्काउटका विद्यार्थी तथा शिक्षकहरूले शान्ति र्याली पनि गरेको हो । त्यसपश्चात विद्यालयका शिक्षक तथा अतिरिक्त क्रियाकलाप संयोजक मेगराज गड्तौलाले विश्वमा शान्ति ल्याउन व्यक्तिबाट नै शान्तिको भावना हुनुपर्ने सन्देशमुलक भिडियो प्रस्तुत गरी शान्ति भिडियो कार्यक्रम पनि गरेको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेमन्त आचार्यले यस्तो विषम परिस्थितिमा पनि स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार कार्यक्रम सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेकोमा विद्यालयका शिक्षिका तथा स्काउटरहरूमा धन्यवाद व्यक्त गरेका छन् ।

त्यसैगरी कार्यक्रममा विद्यालयका स्काउटर शिक्षिका तथा नेपाल स्काउट स्थानीय तदर्थ समितिका संयोजक अम्बिकादेवी राईले स्काउट एक सहयोगी वा स्वयंसेवक संस्था भएकाले विद्यालयमा स्काउट सञ्चालन भएपछि विभिन्न कार्यक्रममा साथसहयोग गर्दै आएको र आउने दिनहरूमा पनि स्काउटले अझ साथसहयोग गर्ने बाचा गरे ।

अन्तर्राष्ट्रिय शान्ति दिवसको कार्यक्रम सफल बनाउनका लागि सम्पूर्ण विद्यालय परिवार साथै स्काउट विद्यार्थीलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार