प्रविधिमैत्री शिक्षक समाज रोङको अध्यक्षमा खड्का

रोङ : प्रविधिमैत्री शिक्षक समाजको रोङ गाउँपालिकाको अध्यक्षमा भूपाल खड्का चयन भएका छन् ।

शनिबार भएको प्रविधिमैत्री शिक्षक समाजको प्रथम गाउँसभाले खड्काको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

समितिका उपाध्यक्षमा सरिता राई, सचिवमा कुमार मगर, सहसचिवमा सुलता खड्का र कोषाध्यक्षमा ठाकुर श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरूमा नन्दलाल शिवाकोटी, रोशन चाम्लिङ राई, मिलन राई, प्रेमबहादुर खड्का र घना प्रधान चयन भएका छन् ।

कार्यक्रममा नवगठित समितिका अध्यक्ष भूपाल खड्काले कक्षाकोठामा प्रविधि पुर्‍याउन यो टिमले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने र समितिले छिट्टै कार्ययोजना बनाएर प्रविधिमैत्री शिक्षण कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । आजको युगमा प्रविधिको आवश्यकता भएकाले प्रविधियुक्त शिक्षण गर्न आवश्यक रहेको पनि कार्यक्रमका वक्ताहरूले बताएका छन् । भर्चुअल माध्यमबाट भएको कार्यक्रमको सञ्चालन कुमार मगरले गरेका थिए ।

नेपालको स्थानीय तहमा नै तेस्रो र गाउँपालिकाको इतिहासमै पहिलो पटक रोङ गाउँपालिकामा  प्रविधिमैत्री शिक्षक समाज गठन भएको हो । यसअघि समाजको कार्यसमिति धनकुटा र सूर्योदय नगरपालिकामा गठन भइसकेको छ ।

“बालबालिकाहरू इच्छुक छन् हामी तत्पर छौं, प्रविधिमैत्री शिक्षा, आजको आवश्यकता” भन्ने नाराका साथ प्रविधिमैत्री शिक्षक समाज स्थापना भएको छ ।

प्रविधिमैत्री शिक्षक समाज रोङ गाउँपालिकाका प्रथम गाउँसभा भेला तदर्थ समितिका संयोजक मेगराज गड्तौलाको अध्यक्षता र शिक्षा विकास तथा समन्वय इकाई इलामका प्रमुख शम्भुनाथ थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाज नेपालका परिकल्पनाकार तथा केन्द्रीय अध्यक्ष भूपति बस्याल, विशेष अतिथि रोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराई, प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय प्राविधिक समितिका धनश्याम अधिकारी, माधव भट्टराई, बालकुमार रेग्मी, संजय खत्री तथा अतिथिहरू काजीमान एक्तेन, उमेश बुढाथोकी, भरत अधिकारी, विवेकचन्द्र पौडेल, खेमराज लिम्बू, रमेश पौडेललगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार