उनीहरु (कविता)

  विरही काइँला  203 पटक हेरिएको

उनीहरु गइरहेका छन्

उनीहरु मेला भर्न गइरहेका भए

मनोरञ्जनका नाममा दाउ फिजाएका व्यापारीहरुले

उनीहरुका गोजी छामेर फर्काइ दिनेछन्

 

उनीहरु गइरहेकाछन्

उनीहरु जनसभामा भागलिन गइरहेका भए

नेताहरुले जनतालाई खुवाउँदै आएका हावा माठाइ खाएर

डकारिन्दै  फर्किनेछन्

 

उनीहरु गइरहेकाछन्

उनीहरु आन्दोलनका जुलुसमा हिँडिरहेका भए

आन्दोलनमा नेताले जिते पनि उनीहरु हारेर फर्किनेछन्

 

ज्ञानी हुनु

अक्षरसित

उनीहरु गए

उनीहरु फर्कने छैनन्

 

उनीहरु इतिहासबाट ओझल भए

इतिहास विनाका बाँचेका हुँदैनन्

बाँचे पनि जिउँदा लाश हुन्छन्

लाशहरुलाई अक्षर काम लाग्दैनन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार