संस्कृति संरक्षणको लागि “पापोहाङ थोबो सङ्जुम्भो नेपाल” सक्रिय हुँदै

  युद्धबहादुर बोहोरा
63 Shares

 

 

पाँचथर : आफ्नो परम्परागत संस्कृति संरक्षण गर्नको लागि पापोहाङ थोबो सङ्जुम्भो नेपाल अहिले सक्रिय भएको छ ।

लावती,आङ्देम्बे,शेर्मा,तुम्बापो,तुम्रोक,कुगेनाम्बा र ईङ्वा थरको साझा संस्थाका केन्द्रिय कार्यसमिति अध्यक्ष बिजयबोध लावतीको अध्यक्षतामा बसेको बैठकबाट सक्रिय हुन विभिन्न निर्णयहरु पारित गरि सार्वजनिक गरेको छ ।

बैठकले पापोहाङ थोबो सङ्जुम्भो नेपालको महाधिवेशन यथाशिघ्र आयोजना गर्ने निर्णय गरेको छ । पापोहाङको ऐतिहाँसिक स्थल राजगण-सुम्हालुङ,कुम्मायक-कुसायक,यो.थालुङ,पांपोङालुङ,यो.प्यापिप्यालु,,संरक्षण तथा प्रर्वदन र ऐतिहाँसिक स्थल सुम्हालुङ र कुम्मायाक-कुसायकमा पापोहाङको पूर्खाहरुको प्रतिमा र एतिहाँसिक अभिलेखिकरणको कामलाई प्राथमिकता दिने सहमति भएको छ ।

त्यस्तै ,पापोहाङको ऐतिहाँसिक,साँस्कृतिक, र महत्वपूर्ण व्यक्तिहरुको जिवनी संकलन तथा प्रकाशन गरेर सबैलाई जानकारी गराउने उदेश्य राखेको छ ।
पापोहाङ बसोबास स्थलको नक्शा भोगचलन गर्दै आएको प्राकृतिक तथा ऐतिहाँसिक क्षेत्र एवं किपटहरुको नक्शांकन
गरि प्रचार-प्रसार गर्ने भएको छ ।

पाँचथरको फिदिम नगरपालिका स्थित लुम्फाबुङमा स्थापना गरिएको “लाओती चोलुङ” क्षेत्रमा स्थानीयतह तथा लाओती सयङबाट निर्माण गर्न लागिएको भवनलाई सात पापोबाट आर्थिक,भौतिक र भावनात्मक सहयोग र सहभागिता सहित पापोहाङ भवन निर्माणको लागि आवश्यक प्रक्रियाको शुरूवात गर्ने निर्णय गरेको छ ।

पापोहाङ संघर्ष सम्बन्धित अस्तित्व तथा पहिचान झल्कने गरि पूर्वाधार निर्माण योजना,सडक,पुल,पुलेसा स्थल तथा व्यक्तिहरुको समेत नामाकरण गर्न संस्था सक्रिय हुने र सरोकारवाला सबैमा एकजुट हुन समेत आव्हान गरेको सस्थाका केन्द्रिय अध्यक्ष लावतीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार