गजल

  हेमराज लिम्बू (हेमन्त दर्पण)
385 Shares

प्रत्येक बिहानी सँगै उदाउने घाम  रातमा हुन्न ।
निरन्तर बगिरहन्छ समय हाम्राे हातमा हुन्न ।
फुलकाे बाेटलाई शाेभा त पातले पनि दिएकाे हुन्छ ।।
तर किन सबैकाे नजर फूलमा हुन्छ पातमा हुन्न ।
म कसैकाे एकाेहाराे मायामा परेर थाहा पाए ।।
माया हृदयबाट हुन्छ कसैकाे दवावमा हुन्न ।
साथ छाेड्नु र साथ दिनु प्रकृतिकाे नियम पनि हाे ।।
जुन पनि त दिनमा आकाशकाे साथमा हुन्न।
देउमाई नगरपालिका-९, जितपुर इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार